Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीमा विवादबारे कुरा गर्न प्रधानमन्त्रीको विशेष दूतका रूपमा माधवकुमार नेपाललाई भारत पठाउने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सीमा विवादका विषयमा कुरा गर्न भारत जाने भएका छन् ।

नेपाल-भारत सीमा विवादबारे कुरा गर्न नेता नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष दूत भएर भारत जान लागेका हुन् । बुधबार बसेको नेपाल सचिवालय बैठकले नेता नेपाललाई प्रधानमन्त्रीको विशेष दूतका रूपमा भारत पठाउने प्रधानमन्त्रीको प्रस्तावमाथि छलफल गरेको छ ।

भारतले जारी गरेको आफ्नो राजनीतिक नक्सामा नेपालका भू-भागहरू समटेपछि उत्पन्न भएको परिस्थितिका बारेमा भारतको राजनीतिक नेतृत्वसँग सिधा छलफल गर्न नेता नेपाललाई भारत पठाउने प्रस्ताव प्रधानमन्त्री ओलीले गरेका थिए ।

बैठकमा आफू उपस्थित नभएपनि आफ्नो प्रस्तावका बारेमा छलफल गरेर निर्णय लिन प्रधानमन्त्रीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका हुन् । बुधवार बिहान अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको उक्त प्रस्तावमाथि छलफल भएको हो ।

बैठकमा अध्यक्ष प्रचण्डको तत्काल चीन जाने योजनाका बारेमा पनि छलफल भएको थियो । नेताहरुले प्रधानमन्त्रीको स्वास्थ्य र बदलिँदो राजनीतिक परिस्थितिका कारण हामीले अध्यक्ष प्रचण्डलाई तत्काल चीन जाने विषयमा पुनर्विचार गर्न आग्रह गरेका थिए । प्रचण्डले यसअघि नै चीन भ्रमण रद्ध गरिसकेका छन् ।

प्रकाशित मिति: Dec 4, 2019

प्रतिक्रिया दिनुहोस्