Logo
७ बैशाख २०८१, शुक्रबार
(December 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनियुक्त मन्त्री त्रिपाठीलाई गृहजिल्लामा स्वागत

नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई आज गृहजिल्ला पश्चिम नवलपरासीमा कार्यकर्ता र शुभेच्छुकद्वारा स्वागत गरिएको छ ।

पछिल्लोपटक मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आउनुभएका मन्त्री त्रिपाठीलाई पश्चिम नवलपरासीका विभिन्न स्थानमा स्वागत गरिएको हो ।

बर्दघाट, सुस्ताको छिबनी, प्रतापपुरको गोपीगञ्ज, बेलाटारीलगायतका स्थानमा स्वागत गरिएको थियो । सो क्रममा मन्त्री त्रिपाठीसमक्ष यस क्षेत्रको विकास निर्माणबारे पहल गर्न कार्यकर्ता र शुभेच्छुकले माग गरेका थिए ।

प्रकाशित मिति: Dec 4, 2019

प्रतिक्रिया दिनुहोस्