Logo
१५ चैत्र २०८०, बिहीबार
(December 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गढीमाई मेलामा अहिलेसम्मकै बढी घुइँचो

बारा : बाराको गढीमाई नगरपालिका-१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबै भन्दा बढी घुइँचो लागेको छ ।

नेपाल, भारत र सार्क राष्ट, दक्षिण एशियाबाट गरी करीब ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका मन्दिरका मुख्य पूजारी मङ्गल चौधरीले बताए ।

मेलामा आउने करीब नौ बाटामा गाडी र पैदल हिँड्ने भक्तजनको उत्तिकै भीड रहेको महागढीमाई नगरपालिकाअन्तर्गत रहेको पतरहटीका सन्तोष यादवले जानकारी दिए ।

भारतको दिल्ली, बुम्बई, कोलकता, हैदरावाद, पटना, मोतिहारी दरभङ्गा, सितामडी, बेतिया, रक्सौल, नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र सार्कका बङ्गलादेश, ढाका, पाकिस्तान, बर्माका भक्तजन अवलोकन गर्न आउने गरेका गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले बताए । दर्शनका लागि खासै राम्रो प्रबन्ध नमिलाइएको भारत मोतहारीका अच्छेलाल सहनीले बताए ।

यसैबीच सोमबार राति साढै १:०० बजे तािन्त्रक विधिबाट पूजापाठ गर्न शुरु गरेपछि साढे ३:०० बजे करीब दुई घण्टामा बत्ति बलेपछि अन्यविधि गरेसकेपछि आज ७:१५ बजेदेखि बलि शुरु गरिएको पूजारी चौधरीले बताए । करिब पाँच हजार भन्दा बढी राँगाको बलि दिइएको बताइएको छ ।

मेलामा जताततै फोहर नै फोहर रहेको भक्तजनले गुनासो गरेका छन् । शौचालय बस्ने ठाउँ र नुहाउने ठाउँको राम्रो प्रबन्ध नमिलाइएको दर्शनका लागि भारतबाट आएका पुकार यादवले बताए । मेलामा सामान बेच्नेले मनपरी रकम असुलिरहेका बारागढी गाउँपालिका- ४ का श्रीचन्द्र साहले बताए ।

पाकेटमारले मोबाइल, सुन-चाँदीका गहना, नगदसमेत चोर्ने गरेका प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले बताए । यसैबीच मन्दिरका पूजारी मङ्गल चौधरीले बोका बलि बुधबार मात्र गरिने बताए । बिहान ४:०० बजेदेखि बलि शुरु हुने पूजारी चौधरीले जानकारी दिए ।

प्रकाशित मिति: Dec 3, 2019

प्रतिक्रिया दिनुहोस्