Logo
८ बैशाख २०८१, शनिबार
(December 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेस्सीले छैटौं पटक जिते कीर्तिमानी बालोन डी’ओर अवार्ड

बार्सिलोनाका कीर्तिमानी खेलाडी लियोनल मेस्सीले छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् ।

क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पार्दै मेस्सीले यो अवार्ड जितेका हुन् ।

सन् २०१९ मा उत्कृष्ट खेलाडीका रुपमा अर्जे्न्टिनाका कप्तानसमेत रहेका मेस्सी त्यस्ता खेलाडी हुन, जसले ६ पटक बालोन डी’ओर अवार्ड जित्न सफल भएका छन् । यस अघि सन् २००९, १०, ११, १२ र २०१५ मा मेस्सीले यो अवार्ड जितिसकेका छन्।

मेस्सीपछि यो अर्वा रोनाल्डोले ५ पटक जितेका छन् । पेरिसमा आयोजित विशेष कार्यक्रममा मेस्सीलाई बालोन डी’ओर अवार्ड प्रदान गरिएको हो ।

प्रकाशित मिति: Dec 3, 2019

प्रतिक्रिया दिनुहोस्