Logo
७ बैशाख २०८१, शुक्रबार
(December 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णालीका १५ हजार विद्यार्थीलाई जापानी झोला

कालिकोट : रूपान्तरण नेपाल नामक सामाजिक संस्थाले कालिकोटका विद्यार्थीलाई जापानी झोला वितरण शुरु गरेको छ ।

रूपान्तरण नेपालले यू एण्ड मी नेपाल(जापानको सहयोगमा कर्णालीका सार्वजनिक विद्यालयका ४ देखि ८ कक्षासम्म अध्ययनरत १५ हजार विद्यार्थीहलाई झोला उपहार स्वरूप वितरण गरिरहेको हो ।

रूपान्तरण नेपालले कालिकोटको पलाँतामा २६ सय विद्यार्थीलाई ‘जापानी झोला सहयोग कार्यक्रम’ अन्तर्गत वितरण गरेको छ । केहि समयअघि आगलागी भएको जिल्लाको पलाँता गाउँपालिकाका २ हजार ६ सय विद्यार्थीलाई प्रतिनिधिसभा सांसद दुर्गबहादुर रावतको प्रमुख आतिथ्यतामा झोला वितरण गरिएको हो ।

यू एण्ड मी नेपाल (जापान, जापानी र नेपाली युवाहरूद्वारा स्थापित विशेषतः नेपालमा शिक्षा क्षेत्रमा काम गरिरहेको अन्तराष्ट्रिय गैह्र सरकारी संस्था हो । जापानी झोला सहयोग कार्यक्रम स्थानीय तहको स्थलगत अनुसन्धान गरी ४ देखि ८ कक्षासम्मका सम्पूर्ण विद्यार्थीको सङ्कलित तथ्याङ्कका आधारमा संचालित कार्यक्रम भएको रुपान्तरण नेपालले जनाएको छ । जापानी झोला वितरण कार्यक्रम पौष ५ गतेसम्म चल्ने बताइएको छ ।

‘जापानी झोला सहयोग कार्यक्रम’ मा बोल्दै सांसद रावतले रूपान्तरण नेपाल र यु मी नेपाल (जापान) को संयुक्त पहलमा कर्णाली प्रदेशका दुरदराजका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई सात समुन्द्र पारीबाट झोला पठाइएको भन्दै प्रसंशा गरे । उनले हातमा किताब कापी च्यापेर विद्यालय जान बाध्य विद्यार्थीहरूलाई यो कोसेलीले पढाई प्रति उत्प्रेरित गर्ने पनि अपेक्षा गरेको छ ।

प्रकाशित मिति: Dec 3, 2019

प्रतिक्रिया दिनुहोस्