Logo
४ बैशाख २०८१, मंगलबार
(December 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पतालबाट प्रधानमन्त्रीको भिडियो सन्देश : ‘म ठिक छु, अझै निको भइरहेको छु’ (भिडियो सहित)

अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको आफनो स्वास्थ्य अवस्थाका बारेमा आफैले भिडियो मार्फत बोलेर जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीको आधिकारीक वेभसाइटमा ट्वीट मार्फत जारी भिडियो सन्देशमा प्रधामन्त्री ओलीले आफू अहिले साथिभाइहरूसँग कुरा गर्न, समाचारहरू हेर्न सक्ने अबस्थामा रहेको बताउनु भएको छ ।

सन्देशमा प्रधानमन्त्रीले आफूले आइतबारको साफ खेलकुद लाइभ हेरेको र साफको उद्घाटन सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै उद्घाटन गरिदिनु भएकोमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा सहभागी सबैलाई धन्यवाद दिनु भएको छ ।

करिब दुई मिनेट १३ सेकेण्ड लामो भिडियोमा उहाँले आफनो स्वास्थ्यमा उल्लेखनीय सुधार भएको बताउनुभएको छ ।

महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइहनुभएका प्रधानमन्त्री ओलीले एपेन्डिसाइटिस आकस्मीक रुपमा भएकाले त्यसको आकस्मिक रुपमा नै उपचार गराउनुपरेको बताउनुभएको छ ।

गत मंगलबार दिउँसो शल्यक्रिया गरिएपछि उहाँको स्वास्थ्यमा सुधार भएको महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ।

हेर्नुहोस भिडियो : 

प्रकाशित मिति: Dec 2, 2019

प्रतिक्रिया दिनुहोस्