Logo
६ बैशाख २०८१, बिहीबार
(December 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाहपञ्चमी अन्तरगत १०८ जोडीको सामुहिक विवाह हुँदै, दुलहा-दुलही तयार

प्रदेश २ स्थित राजधानी जनकपुरमा जारी विवाहपञ्चमी अन्तरगत सामुहिक विवाह कार्यक्रमको आयोजना गरिएको छ । धार्मिक सांस्कृतिक संरक्षण तथा दाइजो प्रथालाई उन्मूलन गर्न रामजानकी विवाहपञ्चमी महोत्सवको अवसरमा सामुहिक विवाह कार्यक्रमको आयोजना गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका १४ कभर्ड हलस्थित रामजानकी विवाह मण्डपमा आज साँझ १०८ जोडीको सामुहिक विवाहकालागि कार्यक्रमस्थल झकिझकाउ बनाइएको छ ।

विवाहकालागि जोडीहरु गाडी तथा रथमा सवार भइ विवाहकालागि आउने क्रम जारी छ ।

हिन्दू परम्पराअनुसार त्रेतायुगमा भगवान राम र माता सीताले गरेको वैवाहिक संस्कारलाई निरन्तरता दिन विवाहपञ्चमीकै भोलिपल्ट सामूहिक विवाह कार्यक्रम राखिएको हो ।

सीताराम विवाह मणिमण्डप विकास समितिले कम्तीमा एक सय आठ जनाको एकै ठाउँमा विवाह गर्ने लक्ष्यका साथ कार्यक्रम राखिएको बताएका छन् ।

समितिका उपाध्यक्ष रामशिष दासका अनुसार विवाह गर्ने जोडीलाई साडी, ब्लाउज, पेटिकोट, रुमाल, तौलिया, प्यान्ट, सर्ट र बनियान दिइनेछ । त्यस्तै, पाँच लिटरको कुकर, तावा, परात, लोटा, चिमटा, भगोने, करछुन, पलटालगायतका भाँडावर्तन पनि प्रदान गरिनेछ ।

शृंगार बक्स, छाता, टर्च, ब्याग, झुल पनि दिइने छ ।

प्रकाशित मिति: Dec 2, 2019

प्रतिक्रिया दिनुहोस्