Logo
८ बैशाख २०८१, शनिबार
(December 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कास्की-२ अपडेट : विद्या भट्टराई ८ हजार ४ सय ३६ मतले अगाडि

पोखरा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराईले प्रतिनिधि सभा सदस्यका लागि कास्की–२ मा ८ हजार ४ सय ३६ मतको अग्रता बनाएकी छिन् ।

विद्याले १७ हजार ६६० मत ल्याउँदा उनका प्रतिस्पर्धी खेमराज पौडेललाई ९ हजार २ सय २४ मत प्राप्त रहेको छ । कास्की २ का ११ वडा मध्ये ६ वटा वडाको मतगणना सकिसक्दा सत्तारुढ नेकपाकी विद्या भट्टराई ८ हजार ४ सय ३६ मतले अघि छिन् ।

पोखरा महानगरपालिकाका ११ वडा मध्ये ३३, २१, २०, १७, १६ र १५ को मतगणना सकिसकेको छ । कास्की २ मा ४५ हजार ५ सय ६३ मत खसेकोमा ३० हजार ३ सय ५ मत गणना सकिसकेको छ । ७, ८, ९, ११ र ४ को मत गन्न बाँकी छ ।

अब बाँकी १५ हजार २ सय ५८ मत गन्न बाँकी छ ।

प्रकाशित मिति: Dec 1, 2019

प्रतिक्रिया दिनुहोस्