Logo
१५ चैत्र २०८०, बिहीबार
(December 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 चितवनका तीनवटै वडामा नेपाली कांग्रेसले मारे बाजी

चितवन : भरतपुर महानगरपालिका- १६ मा नेपाली कांग्रेसले नतिजा उल्टयाएसँगै चितवनका तीनवटै वडामा भएको उपनिर्वाचनमा नेपाली कांंग्रेसले नै बाजी मारेको छ ।

यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको भरतपुर- १६ मा शनिबार भएको उपनिर्वाचनमा कांग्रेसले नतिजा उल्ट्याएको हो ।

चितवनका दुई पालिकाका तीन वडामा भएको उपनिर्वाचन अन्तरगत खैरहनी-५ मा नेपाली कांग्रेसकी प्रतिमा कार्की बस्नेत, खैरहनी( ४ मा देवबहादुर बस्नेत र भरतपुर-१६ मा कांग्रेसकै अमृतराज हमाल विजयी भएका हुन् ।

भरतपुर-१६ मा अमृत हमाल ३ हजार १८३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार भक्तराज हमाले २ हजार ८७५ मत ल्याएका थिए । यसअघि उत्त वडामा तत्कालीन नेकपा एमालेका चतुरमान गुरुङ निर्वा्चित भएका थिए ।

यसैबीच खैरहनीको वडा नम्बर- ४ मा नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई १५२ मतान्तरले पराजित गर्दै कांग्रेसका उम्मेदवार देवबहादुर बस्नेत विजयी भएका छन् ।

सोही वडा नम्बर- ५ मा कांग्रेसका उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मतअन्तरले पराजित गरेकी हुन् । यी दुवै वडामा यसअघि पनि कांग्रेकै विजय थियो ।

प्रकाशित मिति: Dec 1, 2019

प्रतिक्रिया दिनुहोस्