Logo
२४ मङि्सर २०७६, मङ्गलबार
(December 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैकल्पिक शक्तिलाई मतदाताले पत्याएनन्, अहिलेसम्म ९० मतमा सिमित साझा पार्टी

कास्की : कास्कीको क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा वैकल्पिक शक्तिले निराशजनक प्रदर्शन गरेका छन् । उपनिर्वाचनमा फेरि एकपटक पुरानै शक्तिको वर्चश्व देखिएको छ ।

आफूलाई देशको वैकल्पिक शक्ति भन्ने साझा पार्टी नेपाली काँग्रेसबाट पार्टी प्रवेश गरेकी युवा नेत्री रजनी केसीलाई यसपटक मैदानमा उतारेको थियो । तर, पार्टी अहिलेसम्म ९० मतमा सिमित भएको छ ।

समाचार तयार पार्दासम्म निर्वाचन क्षेत्रका तीनवटा वडाबाट १२ हजार ६ सय २६ मत गनिसक्दा नेपाल कम्युनिस्ट पार्टीकी विद्या भट्टराई अधिकारी ८ हजार २ सय ६५ मत ल्याएर अगाडि छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराम पौडेलले ३ हजार ६८२ मत ल्याएका छन् ।

निर्वाचन परिणामपछि पार्टीका प्रवक्ता सूर्यराज आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, ’उपचारका क्रममा रहेको विरामीको टेस्ट रिपोर्ट नराम्रो आउनु चिकित्सकका लागि पनि चिन्ताको विषय हुन्छ नै । उपचार प्रक्रियामा नै त्रुटी पनि हुन सक्छ। टेस्ट रिपोर्टले अगाडिको उपचार प्रक्रिया सुधार्न सघाउँछ नै। बुझ्नु पर्ने मूलकुरा रिपोर्ट चिकित्सकको हैन विरामीको हो ।’

त्यस्तै, आफूलाई अर्को ‘वैकल्पिक शक्ति’ भनेर दाबी गर्ने नयाँ शक्ति पार्टी नेपाल मिसिएर बनेको समाजवादी पार्टीका धर्मराज गुरुङले मात्र १ सय ७२ मत ल्याउन सकेका छन् । उता, यसपटकको निर्वाचनमा ठूला दलको विकल्प भनेर प्रचारप्रसार गरेको राप्रपाका रोमबहादुर भण्डारीले मात्र १ सय ८६ मत ल्याउन सफल भएका छन् ।

प्रकाशित मिति: १५ मंसिर २०७६, आईतवार ११:५०

प्रतिक्रिया दिनुहोस्