Logo
६ बैशाख २०८१, बिहीबार
(November 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कास्की क्षेत्र नं-२ मा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटियो

काठमाडौं : कास्की क्षेत्र नं. २ को उपचुनावका क्रममा बरपाण्डे थुम मतदानस्थलमा मतदान अधिकृतले हस्ताक्षर नगरिएको एउटा मतपत्र भेटिएको छ ।

कास्की क्षेत्र नं. २ को उपचुनावका क्रममा पोखरा महानगरपालिका-३३ बरपाण्डे थुम मतदानस्थलमा मतदान अधिकृतले हस्ताक्षर नगरिएको एउटा मतपत्र भेटिएको हो ।

२४१ औं मतदाताले मत हाल्न खोजदा हस्ताक्षर नभएको मत भेटिएको भन्दै बिरोध र होहल्ला भएको थियो ।

अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भइ केही समय मतदानसमेत रोकिएको थियो । तर, सर्वदलीय बैठकले विवाद समाधान गरेपछि पुनः मतदान भइरहेको छ ।

मतदान प्रतिनिधि र दलीय प्रतिनिधिबीच प्रमाण दाँजेर हेर्दा उक्त मतपत्र सदर गर्ने सहमतिपछि मतदान प्रकियाले निरन्तरता पाएको हो ।

प्रकाशित मिति: Nov 30, 2019

प्रतिक्रिया दिनुहोस्