Logo
१३ बैशाख २०८१, बिहीबार
(November 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जन्तीलाई स्वागत गर्न गएकी राष्ट्रपति भण्डारीलाई महन्त र पञ्चकन्याहरुद्वारा भव्य स्वागत

राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रदेश २ स्थित जनकपुरमा  भव्य स्वागत गरिएको छ ।

सीताराम विवाहपञ्चमीमा अयोध्याबाट जनकपुर आएका साधुशन्तका जन्तीलाई स्वागत गर्न शुक्रबार जनकपुर आएकी उनी जानकी मन्दिरमा समेत पूजा अर्चना गरेकी छन् ।

उनलाई जानकी मन्दिरमा महन्त लगायत पञ्चकन्याहरुले स्वागत गरेका छन् ।

चार वर्ष अघि विवाहपञ्चमी महोत्सवमै सहभागि हुन आएकी राष्ट्रपति भण्डारी विरुद्ध जानकी मन्दिरमा तोडफोड र ढुंगामुढा समेत भएको थियो ।

त्यस बेला राष्ट्रपति भण्डारीलाई एकल महिला भनेर गंगाजल छर्केर युवकहरुले मन्दिर चोख्याएपछि निकै विवादित बनेको थियो । राष्ट्रपतिलाई अपमानित गरेको विषयमा विवाद उत्कर्षमा पुगेको थियो ।

त्यतिबेला मधेश आन्दोलन चलिरहेको थियो । तर यसवर्ष भने अवस्था समान्य रहेकाले उनलाई भव्य स्वागत गरिएको छ ।

प्रकाशित मिति: Nov 29, 2019

प्रतिक्रिया दिनुहोस्