Logo
१२ बैशाख २०८१, बुधबार
(November 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काजोलको त्यो बानीले जसले गर्छ अजय देवगनलाई सधैँ ‘इरिटेड’

बलिउडमा अभिनेता अजय देवगन र अभिनेत्री काजोलको जोडीलाई एक उदाहरणीय जोडीको रुपमा लिइन्छ । उनीहरुले एकसाथ थुप्रै चलचित्रहरु गरेका छन् ।

विवाह भएको २० वर्ष भइसक्दा पनि उनीहरुबीच पहिलाजस्तै धेरै माया छ । दुवै एकले अर्काको सकारात्मक र नकारात्मक बानीलाई स्वीकार गर्छन् ।

यति हुँदाहुँदै पनि काजोलको एउटा यस्तो बानी छ जो अजयलाई पटक्कै मन पर्दैन । काजोलको त्यो बानीका बारेमा अजयले यहाँ खुलासा गरेका छन् ।

अजयका अनुसार काजोल कहिलेकाँही अलि धेरै बोल्छिन्, यो बानीले उनलाई इरिटेड गर्छ । तर काजल बोल्न छोडिन् भने उनी काजोललाई मिस गर्छन् ।

सञ्चारमाध्यमसँग कुरा गर्दै अजयले भनेका छन्,’उनी सेटमा धेरै कुरा गर्छिन्, जब उनलाई कुनै काममा ध्यान दिन भनिन्छ तब उनी अर्कै काममा व्यस्त हुन्छिन् । म उनको धेरै बोल्ने बानीमा गुनासो गरिरहेको हुन्छु तर जब उनी चुप हुन्छिन्, तब म उनलाई के भयो भनेर सोध्छु । त्यहीभएर म केही बदल्न चाहन्नँ ।’

अजय देवगनले काजोलसँग काम गर्न उनलाई सधैँ सहज हुने बताए । उनले भने, ‘सबैलाई थाहा छ, उनी शानदार कलाकार हुन् । कलाकार भएर उनीसँग काम गर्न सधैँ मजा आउँछ । उनी मलाई धेरै सहज महशुस गराउँछिन् ।’

प्रकाशित मिति: Nov 28, 2019

प्रतिक्रिया दिनुहोस्