Logo
८ बैशाख २०८१, शनिबार
(November 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाह पाइरहनुस् : यौनसँग सम्बन्धित मिथकहरु

बाल्यकाल तथा किशोरावस्थामा यौनलाई प्रतिबन्धित कुराको रुपमा लिने चलन आज पनि बिद्यमान छ । यही कारण टिनएजमा प्रवेश गर्ने अधिकांश युवा-युवतीहरुको मनमा यौनका लागि विभिन्न प्रकारका असमझदारीहरु रहन्छन् । समयसँगै हामी ठूला हुन्छौं । तर, हामीमध्ये धेरैको मनमा घरमा बनाएको यौनसँग सम्बन्धित असमझदारीका कुराहरु यथावत रहन्छन् ।

हामी क्याम्पसमा यौनको बारेमा सुनेका कुराहरुमा आँखा चिम्लिएर विश्वास गर्छौं । तर, अब तपाईं परिपक्व भइसक्नु भएको छ । त्यसैले यौनका बारेमा रहेका असमझदारीलाई तुरुन्त आफ्नो दिमागबाट हटाउनुपर्छ । त्यसैले आज हामी यौनका बारेमा त्यस्ता कुराहरुका बारेमा चर्चा गर्दैछौं, जुन अति नै भ्रामक छन् ।

महिनावारी भएको बेला गर्भाधारण
प्रत्येक महिनाका केही विशेष दिनहरुमा असुरक्षित यौन सम्पर्क कायम हुँदा पनि तपाइर्ं गर्भवती हुनु हुन्न भन्ने कुरा सुन्नु भएको होला । त्यस्तो कुरामा विश्वास गरेर यदि तपाइर्ंले असुरक्षित यौन सम्बन्ध राख्नुहुन्छ भने तपाइर्ं डेन्जर जोनमा जाँदै हुनुहुन्छ भन्ने बुझ्नुपर्छ । ती विशेष दिनहरुमा तपाइर्ंले गर्भधारण गर्ने सम्भावना कम भएता पनि गर्भधारण नै नहुने अथवा सेक्सुुअली ट्रास्मिटेड इन्फेक्सन्सको सम्भावनालाई नकार्न सकिँदैन ।

यौनसम्बन्धको क्रममा अर्गेज्म अनुभव हुनु
यस्तो होस् भन्ने हरेकको सपना हुन्छ । तर, वास्तविक संसारको कुरा गर्नुपर्दा व्यवहारिक रुपमा सम्भव हुँदैन । अर्गेज्मको लागि केवल यौन मात्र नभएर अरु धेरै कुराहरु पनि जिम्मेवार हुन्छन् । यो शारीरिकभन्दा धेरै मानसिक कारकहरुमा निर्भर हुन्छ । हरेक पटक अर्गेज्मको अनुभव प्राप्त हुनुपर्छ भन्ने आवश्यक हुँदैन ।

विथडल प्रेग्नेन्सी रोक्ने प्रभावकारी काइदा
कन्डम नलगाई यौन सम्बन्ध राख्नु सबैलाई रमाइलो र वाइल्ड लाग्नसक्छ । तर, त्यस्तो गर्ने सल्लाह कसैले पनि दिँदैन । वीर्य पतन हुनु अगाडि नै बाहिर निकाल्नु पनि जोखिमपूर्ण तरिका हो । यदि तपाइर्ं गर्भवती हुनबाट बच्न चाहनुहुन्छ भने कन्डमको प्रयोग अति नै उपयुक्त तरिका हो । हुनसक्छ तपाईंहरु दुवैले सफलतापूर्वक यस प्रकारका तरिकाहरु अपनाउनु भएको होला । तर, केवल एक सेकेन्डको गल्ती तपाइर्ंहरुको लागि ठूलो समस्या बन्न सक्छ ।

पहिलो पटक यौनसम्बन्ध राख्दा ब्लिडिङ हुनु
पहिलो पटक यौनसम्बन्ध राख्दा ब्लिडिङ हुन्छ भन्ने कुरा पनि भ्रामक हो । हाम्रो देशमा यस्तो कुरालाई विश्वास गर्नेको संख्यामा कमी छैन । पहिलो पटक यौनसम्बन्ध राख्दा यदि महिलाको योनीबाट रगत बहन्छ भने त्यो उनको कुमारीत्वको प्रमाण हो । तर, यो कुरा गलत हो । धेरै महिलाहरुको यस्तो झिल्ली जन्मिँदादेखि नै हुँदैन । त्यसै कतिले कठोर व्यायाम गर्नाले अथवा खेलकुदको क्रममा झिल्ली फाट्ने गर्छ । त्यसैले यो भ्रामक कुरालाई चाँडोभन्दा चाँडो हटाउन आवश्यक छ ।

पुरुष हरेक ७ सेकेन्डमा यौनको बारेमा सोच्दछन्
यस्तो धेरै मानिसहरु सोच्ने गर्छन् तर तपाईं आफैं सोच्नुहोस के यो सम्भव हुन्छ ? २०११ मा ओहियो यूनिभर्सिटीद्वारा गरिएको एउटा अध्ययन अनुसार पुरुष दिनमा केवल १८ पटक यौनको बारेमा सोच्ने गर्छन् । त्यस्तै महिलाहरु पनि दिनमा १० पटक यौनको बारेमा सोच्ने गर्छन् ।

ढाड दुख्दा यौनसम्बन्ध गर्नु हुँदैन
ढाड दुख्दा यौन सम्बन्ध राख्नु हुँदैन भन्ने भनाईको कुनै सही लजिक छैन । जबसम्म तपाईंलाई डाक्टरले यौन सम्बन्ध नराख्नु भन्दैनन् तबसम्म तपाईं यौनमा रमाउन सक्नुहुन्छ । यदि तपाईंको ढाड दुखिरहेका छ भने त्यस्तो आसन अपनाउनु पर्छ । जसले तपाइर्ंको ढाडमा अतिरिक्त दबाब नपारोस् । तपाइर्ंले कार अथवा शावर जस्तो ठाउँमा यौनसम्बन्ध राख्नु हुँदैन । किनभने त्यस्ता ठाउँमा तपाईको मुभमेन्टका लागि पर्याप्त स्थान प्राप्त हुँदैन ।

यौन सम्बन्ध राख्दा हृदयाघात हुने सम्भावना बढ्छ
यौन सम्बन्ध राख्दा हृदयघात हुन्छ भन्ने प्रमाण फेला परेको छैन । कहिलेकाहीँ यौन सम्बन्ध राख्दा हृदयघात भएको हुन सक्छ । तर, विज्ञानले यसलाई मिथक मान्छ । यसको सुरक्षाका लागि जुन व्यक्तिलाई पहिला पनि हृदयघात भइसकेको छ । उसले ४ देखि ६ हप्तासम्म यौन क्रियाकलापबाट टाढा रहने सल्लाह दिन सकिन्छ ।

यौनसम्बन्ध पछि गर्भाधारण हुने सम्भावना बढ्छ
यो कुरा सुन्दा जति रोमाञ्चक लाग्छ, वास्तवमा त्यति नै अपुष्ट पनि लाग्छ । तर, हाम्रो समाजमा त्यस्ता व्यक्तिहरुको कमी छैन । जसले यसलाई साँचो सम्झन्छन् । तर, वास्तविक कुरा के हो भने यौन सम्बन्धपछि घोप्टो परेर सुत्नाले गर्भधारण गर्ने सम्भावना बढ्छ । कम्मरभन्दा तल्लो भागमा तकिया राख्नाले पनि गर्भधारणको सम्भावना बढ्न सक्छ ।

यौन सम्बन्धभन्दा पहिला पिसाब गर्नाले एसटीआईको सम्भावना कम हुन्छ
यो मिथक पनि तथ्यहीन र हास्यास्पद छ । यौन सम्बन्धभन्दा पहिला पिसाब गर्नाले एसटीआई अर्थात् सेक्सुअली ट्रान्समिटेड इन्फेक्सन्सको सम्भावना कम हुनुको कुनै वैज्ञानिक प्रमाण छैन । यौन सम्बन्धपछि पिसाब फेर्नाले एसटीआईमा फरक पर्छ भन्ने कुरा सही हो । यौनसम्बन्ध पछि पिसाव फेर्नाले ब्याक्टेरिया बाहिर निस्कन्छन्, जसले पोस्ट सेक्स यूटीआईको सम्भावना कम हुन्छ ।

यौनसम्बन्ध राख्दा यौनको संख्या र गुण बढ्छ
यो पनि भ्रामक कुरा हो । प्रतिबद्ध सम्बन्धमा यौन संख्या र गुणको हिसाबले बढ्छ भन्ने कुराको कुनै ग्यारेन्टी हुँदैन । सुमधुर सम्बन्ध र राम्रो यौनसम्बन्ध भिन्दा-भिन्दै कुरा हुन । जसरी सम्बन्धलाई सुमधुर बनाउनका लागि विभिन्न कुराहरु जिम्मेवार हुन्छन्, त्यस्तै गरेर यौनसम्बन्धलाई उत्कृष्ट बनाउनका लागि पनि धेरै कुराहरु जिम्मेवार हुन्छन् ।

 

प्रकाशित मिति: Nov 28, 2019

प्रतिक्रिया दिनुहोस्