Logo
८ बैशाख २०८१, शनिबार
(November 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्घाखाँचीमा बस दुर्घटना : घटनास्थलमै १५ जनाको मृत्‍यु

प्रदेश ५ स्थित अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा कम्तिमा १५ जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन्।

सन्धिखर्कबाट बुटबल जादै गरेको लु २ ख २१४८ नम्वरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुरेश सुवेदीले  बताए।

उनले भने,’ घटनास्थलमा अहिले मृत्युको हुनेको संख्या १५ जना पुगेको छ।

जसमा ५ महिला र १० जना पुरुष रहेका छन्। मृतकको बढ्न सक्छ। हामी उद्दार कार्यमा लागिरहेका छौ।’

यता, अहिले सम्म १० जना को घटनास्थलमै मृत्यु भएको शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक माधब रेग्मीले जानकारी दिए।

घाइते सात जनालाई उपचारका लागि बुटबल पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए।

घाइतेको उद्धार जारीरहेको छ। बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ। उद्धार जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने प्रहरीले बताएको छ ।

प्रकाशित मिति: Nov 27, 2019

प्रतिक्रिया दिनुहोस्