Logo
६ बैशाख २०८१, बिहीबार
(November 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बग्दादमा आत्मघाती बम विस्फोट : ६ को मृत्यु, १७ घाइते

बग्दाद : इराकको राजधानी बग्दादमा ३ ओटा बम विस्फोट भएको छ । इराकी गृह मन्त्रालयका अनुसार मङ्गलबार भएको सो विस्फोटनमा कम्तीमा ६ जनाको मृत्यु हुनुका साथै अरु १७ जना घाइते भएका छन् ।

“हामीलाई प्राप्त जानकारी अनुसार अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन्,” एक प्रहरी अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा भने ।

बग्दादमा मङ्गबार बेलुकाको समयमा ३ ओटा बम विस्फोट भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । एउटा मोटरसाइकल बम चर्चित बजार अल शाबमा विस्फोट भएको थियो । सो ठाउँ बग्दादको उत्तरपू्र्वी क्षेत्रमा पर्दछ ।

अर्को विस्फोट बग्दादको दक्षिणपूर्वी क्षेत्रमा पर्ने अल बैया क्षेत्रमा भएको समाचारमा जनाइएको छ । जहाँ ४ जना घाइते भएका थिए ।

तेस्रो विस्फोट भने अल बालाडियटमा भएको हो । राजधानी बग्दादको पूर्वी क्षेत्रमा पर्ने यस ठाउँमा भएको विस्फोटनमा परी थप ४ जना घाइते भएका थिए ।

विस्फोटनको घटनाका बारेमा अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् । तर यस क्षेत्रमा इस्लामिक स्टेट (आईएस) का लडाकूहरुले यसअघि धेरै हिंसात्मक घटना गराएकाले यो घटनामा पनि उनीहरुकै संलग्नता रहेको हुन सक्ने कतिपयको आशंका छ ।

प्रकाशित मिति: Nov 27, 2019

प्रतिक्रिया दिनुहोस्