Logo
१३ बैशाख २०८१, बिहीबार
(November 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुद्दा चलाउने चलाइने भएपछि मेडिकल कलेजका सञ्चालक लिएको शुल्क बढी फिर्ता गर्न सहमत

सरकारले तोकेभन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने निजी मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिए लगत्तै सहमति भएकाे छ। मेडिकल कलेजहरुले विद्यार्थीहरूसँग बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्ने गरी सहमति भएकाे हाे।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको लामो छलफलपछि निजी मेडिकल कलेजका सञ्चालकहरु शुल्क फिर्ता वा समायोजन गर्न सहमत भएकाे जानकारी मन्त्रीका स्वकीय सचिव पूरण केसीले जानकारी दिए।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल, विश्वविद्यालयका उपकुलपतिहरु, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, शिक्षा मन्त्रालयका सचिव र निजी मेडिकल कलेजका सञ्चालकहरुको छलफलले शुल्क समायोजनका विषयमा २ बुँदे निर्णय गरेको हो।

शिक्षा मन्त्रालयमा छलफल हुनुअघि गृह मन्त्रालयमा भएको अर्को छलफलमा शुल्क फिर्ता नगरे बुधबारबाट पक्राउ गर्ने निर्णय भएको थियो। मन्त्रीका स्वकीय सचिव केसीले भने,’गृहको उक्त निर्णयपछि शिक्षा मन्त्रालयमा साँझबाट पुनः छलफल सुरु भएको थियो। छलफल राती ११ बजेमात्र निर्णयमा पुगेको हो।’

बढी शुल्क असुल गरेका नेसनल मेडिकल कलेज वीरगन्ज, गण्डकी मेडिकल कलेज पोखरा, चितवन मेडिकल कलेज चितवन, युनिभर्सल भेडिकल कलेज भैरहवा र नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सका विद्यार्थी शुल्क फिर्ता माग गर्दै सडक आन्दोलनमा उत्रेका थिए।

प्रकाशित मिति: Nov 27, 2019

प्रतिक्रिया दिनुहोस्