Logo
१३ बैशाख २०८१, बिहीबार
(November 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेडिकल कलेज सञ्चालकहरुको जवाफ : ‘बढी शुल्क फिर्ता गर्दैनौँ’

मेडिकल कलेजहरुले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता नगर्ने जवाफ सरकारलाई दिएका छन्। मेडिकल शिक्षा अध्ययनरत विद्यार्थी आन्दोलित भएपछि सरकारले मंगलबारसम्म बढी लिएको शुल्क फिर्ता गर्न १५ दिने अल्टिमेटम दिएको थियो।

६ वटा मेडिकल कलेजहरुले आफूहरुले विश्वविद्यालयले तोकेको मापदण्डकै आधारमा शुल्क लिएको दाबी गर्दै अतिरिक्त लिएको रकम खर्च भइसकेकाले फिर्ता गर्न नसक्ने लिखित जवाफ शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई बुझाएका हुन्।

सरकारले एमबिबिएस अध्ययनका लागि उपत्यकाबाहिर ४२ लाख ५० हजार र उपत्यकामा ३८ लाख ५० हजार शैक्षिक शुल्क तोके पनि मेडिकल कलेजले तोकिए भन्दा निक्कै बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित हुँदै आएका छन्।

बुधबारसम्म शुल्क फिर्ता नगरे पक्राउ गरेर कारबाही गर्न गृहमन्त्रालयले निर्देशन दिएको थियो। मेडिकल कलेजहरुले शुल्क फिर्ता नगर्ने जवाफ दिएपछि शिक्षा मन्त्रालयले त्यसबारे छलफल थालेको छ।

यस्तो छ मेडिकल कलेजले शिक्षामन्त्रीलाई बुझाएको जवाफ : 

प्रकाशित मिति: Nov 26, 2019

प्रतिक्रिया दिनुहोस्