Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारले करङ भाचेको भन्दै एम्बुलेन्स चालकको धर्ना

दुहबीका एक पत्रकारले एम्बुलेन्स चालकको करङ भाचेको भन्दै एम्बुलेन्स चालकहरुले एम्बुलेन्स तेर्साएर कारबाहिको माग गर्दै दुहबी थाना अगाडि धर्ना दिएका छन । प्रत्यक्षदर्सीहरुका अनुसार स्थानीय पत्रकार चन्दन रौनियारले सामान्य विवादमा एम्बुलेन्स चालकलाइ कुटपिट गरेको बताउँछन ।

घाइते चालक सुमन भन्ने गाेपाल निरौलाको बिराटनगर स्थित बिराट नर्सिङ होममा उपचार भै रहेको छ । एम्बुलेन्स चालकहरुका अनुसार धेरै बिरामीहरुको फोन आइ रहेको भएपनि कारवाही न भए सम्म आन्दोलन जारी राख्ने बताउँछन् । रक्सि खाएर एम्वुलेन्स चालक कुटपिटमा संलग्न भएकाे भन्दै दुहवीका चन्दन राैनियारलाइ प्रहरीले पक्राउ गरेकाे छ ।

हिजाे साँझ रक्सिले मातेका राैनियारले बीनाकारण इटहरी ५ का निराैलालाइ कुटपुट गरेकाे पीडितका परिवारजनले जानकारी दिएका छन् । पीडितकाे करङ भाँचिएकाे बताइएकाे छ । उनकाे विराटनगरमा उपचार भइरहेकाे छ ।
इलाका प्रहरी कार्यालय दुहवीमा प्रहरी निरिक्षक प्रविण कार्कीले एम्वुलेन्स चालक पीटिएकाे पुष्टि गरे । उनका अनुसार कुटपिटमा संलगन राैनियार प्रहरी नियन्त्रणमा छन् । राैनियारलाइ हतकडी लगाएर म्याद थप गर्न इनरुवा लगिएको छ । अहिले दुहवी प्रहरी कार्यालय परिसरमा दजर्नाैँकाे सँख्यामा एम्वुलेन्स चालक एम्वुलेन्ससहित भेला भएका छन् । उनिहरूले दाेषिलाइ हदैसम्म कारवाहीकाे माग गरेका
छन् ।

प्रकाशित मिति: Nov 25, 2019

प्रतिक्रिया दिनुहोस्