Logo
६ बैशाख २०८१, बिहीबार
(November 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवलाई निल्नु न ओकल्नु : निजी गाडीको प्रयोग, कार्यभार सम्हाल्न गएनन्

उपप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिवार पार्टी बैठकमा भाग लिन जाँदा निजी गाडी प्रयोग गरे । शुक्रवार साँझ दिल्लीबाट फर्केका उनी आइतवार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यभाग सम्हाल्न जानुपर्ने थियो ।

मन्त्रालयमा उनको ‘नेमप्लेट’ टाँसेर कर्मचारी दिनभर कुरिरहे तर उनी पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराईसहितका नेताहरूसँग उपनिर्वाचनसम्वन्धी कार्यक्रममा भाग लिन बिहानै पोखरा लागे ।

यादव भारतको नयाँदिल्ली रहेका बेला बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय परिवर्तन गरिदिएका थिए । त्यसअघि उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा थिए ।

प्रधानमन्त्रीले ‘अपमानपूर्वक’ आफ्नो जिम्मेवारी फेरबदल गरेको भन्दै असन्तुट रहेका यादवलाई सरकार ‘निल्नु न ओकल्नु’ भएको छ ।
आजको कान्तिपुर राष्ट्रिय दैनिकमा दुर्गा खनालले समाचार लेखेका छन् ।

प्रकाशित मिति: Nov 25, 2019

प्रतिक्रिया दिनुहोस्