Logo
१३ बैशाख २०८१, बिहीबार
(November 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस हप्ताको राशिफल (मङ्सिर ८ देखि मङ्सिर १४ गतेसम्म)

मेष
पारिवारिक सुख, शान्ति, समृद्धि बढ्नेछ। धार्मिक कार्यमा सरिक हुनुहुनेछ। देशविदेशको यात्राको योग पनि रहन सक्नेछ। नयाँ सवारी साधनका योगहरू बन्नेछन्। कृषि क्षेत्रमा यो साता निकै लाभ हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। विद्या, बुद्धि बढ्ला। बुधबार, बिहीबार, शुक्रबार स्वास्थ्यमा सानोतिनो समस्या देखापर्न सक्नेछ। छात्रछात्राहरूका लागि यो साता उत्कृष्ट बन्ने देखिन्छ। खेलाडीहरूका लागि साता राम्रै रहेको छ।

वृष
आर्थिक उन्नति, प्रगतिको साता बन्नेछ। मनमा कौतूहल र चिन्ता रहिरहला। स्वास्थ्यमा थोरै विचार पुऱ्याउनुपर्ने अवस्था छ। यात्रा सुखद रहनेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। मनमा उत्साह र उमङ्ग बढ्नेछ। व्यापार, व्यवसायमा मध्यम लाभ होला। दाम्पत्य र पारिवारिक जीवनमा केही कष्ट हुनेछ। सन्तानबाट पाउने सुख, शान्ति भने मध्यम देखिएको छ। नयाँ कार्यको थालनी गर्नुअघि मातापिताको आशीर्वाद लिनुभयो भने निकै राम्रो हुनेछ। यो साता केही झुटा आरोप, प्रत्यारोप लाग्लान्। नयाँ सवारी साधनका योगहरू बन्नेछन्। छात्रछात्राहरूका लागि साता मध्यम रहेको छ। खेलाडीहरूका लागि भने साता निकै राम्रो देखिएको छ।

मिथुन
राजनीतिक र सामाजिक क्षेत्रमा इज्जत, प्रतिष्ठा बढ्नेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। नयाँ सवारी साधनका योगहरू बन्नेछन्। कंस्ट्रक्शन लाइन अर्थात् ठेक्कापट्टाबाट यो साता निकै लाभ हुन सक्नेछ। यात्रा सुखद रहन सक्नेछ। बैंकिङ वा वित्तीय संस्थामा काम गर्नेहरूका लागि साता मध्यम छ। न्यायपालिकाबाट भने न्याय आफैँ प्राप्त गर्न सक्नुहुनेछ।

कर्कट
मनमा उत्साह र उमङ्ग छाउनेछ। सुख, शान्ति, समृद्धि बढ्नेछ। व्यापार, व्यवसायबाट लाभ हुनेछ। बुधबार, बिहीबार, शुक्रबार अकस्मात् धनलाभ होला। दाम्पत्य र पारिवारिक जीवनमा केही कष्ट रहला। स्वास्थ्यमा सानातिना समस्याहरू देखापर्लान्। अकस्मात् यात्राको योग बन्न सक्नेछ। आर्थिक समृद्धिको साता बन्ला। खेलाडीहरूका लागि साता निकै राम्रो देखिएको छ भने साहित्य, सङ्गीत, कलाका सर्जकहरूका लागि भने केही निराशाजनक रहन सक्ने देखिन्छ।

सिंह
मनमा उत्साह र उमङ्ग बढ्नेछ। झुटा आरोप, प्रत्यारोपबाट बच्नुपर्ने साता रहेको छ। मनमा कौतूहल र चिन्ता छाइरहला। सानातिना समस्याहरू आउन सक्नेछन्। दाम्पत्य र पारिवारिक जीवन केही कष्टकर बन्न सक्ने अवस्था छ। विद्या, बुद्धि बढ्नेछ। नयाँ कार्यको थालनी र नयाँ सवारी साधनका योगहरू बन्नेछन्। स्थानान्तरण हुन सक्नेछ। जागिरेहरूका लागि साता मध्यम छ। जङ्गी, निजामती कर्मचारीहरूका लागि भने साता उत्कृष्ट रहने देखिन्छ।

कन्या
जागिरेहरूका लागि साता मध्यम रहेको छ। न्याय क्षेत्रबाट उचित न्याय प्राप्त हुनेछ। शिक्षक र विद्यार्थीबीच तनाव रहन सक्नेछ। राजनीतिक खिचातानीमा पिल्सिन सक्ने देखिन्छ। स्वास्थ्यमा थोरै विचार पुऱ्याउनुपर्नेछ। पारिवारिक र दाम्पत्य जीवनमा केही कष्ट रहला। सन्तानबाट केही पीडा महसुस गर्नुहुनेछ। यात्रा मध्यम रहला। वैवाहिक र शुभ माङ्गलिक कार्यमा सरिक हुने साता रहेको छ। कृषि क्षेत्रमा मध्यम लाभ छ। आर्थिक कारोबारमा भने निकै विचार पुऱ्याउनुपर्नेछ। आफन्तहरूबाट धेरै सहयोग प्राप्त हुने छैन।

तुला
मनमा उत्साह र उमङ्ग छाउनेछ। रोकिएका कामहरू बन्न सक्ने अवस्था देखिएको छ। साथीभाइहरूको सहयोग प्राप्त होला। इष्टमित्रहरूको शुभ माङ्गलिक कार्यको साता बन्न सक्ने देखिएको छ। आर्थिक पक्ष मध्यम रहला। व्यापार, व्यवसायमा सामान्य लाभ हुनेछ। न्याय क्षेत्रबाट उचित न्याय प्राप्त हुन सक्नेछ। बैंकिङ र वित्तीय संस्थामा कार्य गर्नेहरूका लागि साता सामान्य रहेको छ। डाक्टरी गर्नेहरूका लागि साता तनावमा बित्न सक्नेछ। आईटी र प्राविधिक क्षेत्रमा भने कमाइ र उन्नति, प्रगति राम्रो देखिएको छ। कंस्ट्रक्शन लाइनमा मध्यम रहेको छ।

वृश्चिक
मनमा उत्साह र उमङ्ग छाउनेछ। देशविदेशबाट खुसीको खबर सुन्न पाउनुहुनेछ। आर्थिक उन्नति, प्रगतिको वातावरण बन्न सक्ने देखिन्छ। दाम्पत्य जीवन र घरपरिवारमा सुख, शान्ति रहला। छात्रछात्राहरूका लागि साता मध्यम रहेको छ। अकस्मात् धनलाभको योग बन्नेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। राजनीतिक र सामाजिक क्षेत्रमा मध्यम लाभ छ।

धनु
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सामान्य लाभ हुनेछ। व्यापार, व्यवसायमा लाभको साता रहेको छ। बैंकिङ र वित्तीय संस्थामा कार्य गर्नेहरूका लागि साता उत्कृष्ट रहनेछ। न्यायपालिकाबाट उचित न्यायको अपेक्षा गर्न सक्नुहुनेछ। झुटो आरोप, प्रत्यारोप लाग्ला। छात्रछात्राहरूका लागि साता रहनेछ। देशविदेशको यात्राको योग बन्न सक्नेछ। घरपरिवारमा सुख, शान्ति, समृद्धि रहला। खेलाडीहरूका लागि साता निकै राम्रो छ। साहित्य, सङ्गीतमा पनि निकै राम्रो हुने देखिन्छ।

मकर
मनमा उत्साह र उमङ्ग बढ्नेछ। आफन्त, परिजनको सहयोग प्राप्त हुन सक्नेछ। दाम्पत्य र पारिवारिक जीवनमा सुख, शान्ति, समृद्धि रहला। व्यापारमा मध्यम लाभ छ। झुटो आरोप लाग्न सक्नेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। आर्थिक पक्षमा केही तनाव हुन सक्नेछ। बैंकिङ र वित्तीय संस्थामा काम गर्नेहरूका लागि साता उत्कृष्ट बन्न सक्ने देखिन्छ। खेलाडीहरूका लागि साता सामान्य छ। साहित्य, सङ्गीतमा भने साता मध्यम देखिएको छ।

कुम्भ
मनमा उत्साह र उमङ्ग बढ्नेछ। यो साता जागिरको योग बन्न सक्नेछ। छात्रछात्राहरूका लागि साता मध्यम छ। स्वास्थ्यमा केही समस्या देखिनेछ। झुटा आरोप, प्रत्यारोप सहनुपर्नेछ। आर्थिक पक्षमा केही तनाव रहला। कृषि क्षेत्रमा भने सामान्य लाभ रहेको छ। नयाँ सवारी साधनको योग बन्ला। परिवारमा सुख, शान्ति, समृद्धि रहनेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ।

मीन
सुख, शान्ति, समृद्धि प्राप्त होला। धार्मिक कार्यबाट राम्रो हुने देखिएको छ। खेलाडीहरूका लागि भने साता मध्यम रहेको छ। स्वास्थ्यमा केही समस्या देखापर्ला। अकस्मात् धनप्राप्तिको योग छ। देशविदेशबाट खुसीको खबर सुन्न पाउनुहुनेछ। दाजुभाइ, परिवार र इष्टमित्रसँगको सम्बन्ध र सहकार्य निकै राम्रो देखिएको छ। दाम्पत्य जीवनमा भने केही कष्ट रहला। नयाँ कार्यको थालनी हुनेछ। शुभ माङ्गलिक कार्यमा सरिक हुने साता रहेको छ।

प्रकाशित मिति: Nov 24, 2019

प्रतिक्रिया दिनुहोस्