Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउडका स्टार जसले पहिलो सम्बन्ध सकाएपछि पुनः सही जीवनसाथी चुने

मनोरञ्जनको क्षेत्रलाई पेशाको रुपमा अंगालेका धेरैको वैवाहिक तथा प्रेम सम्बन्धमा खटपट पैदा हुने गरेको पाइन्छ ।

मनोरञ्जनको क्षेत्रमा लागेका प्रायः को सम्बन्धमा दरार आएपनि कतिपयले पहिलो सम्बन्ध सकाएपछि पुन:सही जीवनसाथी चुनेका केही उदाहरण पनि छन् ।

बलिउडमा सफल जोडीको रुपमा लिइन्छ करीना-सैफको जोडीलाई । करीना र सैफले २०१२ मा विवाह गरेका थिए । करीना सैफकी दोस्री पत्नी हुन् । उनले १० वर्ष कान्छी करीनासँग विवाह गरेका थिए । तर यो जोडी बलिउडमा निकै दमदार छ ।

महान लेखक तथा गीतकार जावेद अख्तर र शबाना आजमीको जोडी आज पनि चर्चामा रहने गर्छ । तर थोरै मात्रै मानिसलाई थाहा होला शबाना अख्तरकी दोस्रो पत्नी हुन् । उनले पहिलो विवाह हनी इरानीसँग गरेका थिए । उनीहरुको सन् १९८५ मा सम्बन्धविच्छेद भएको थियो ।

बलिउडका चर्चित अभिनेत्री किरण खेरले सन् १९८५ मा अनुपम खेरसँग विवाह गरेकी थिइन् । तर उनको त्यो विवाह दोस्रो विवाह थियो । पहिलो विवाह उनले गौतम बेरीसँग गरेकी थिइन् । उनको सन् १९८५ मा सम्बन्धविच्छेद भएको थियो ।

बलिउड अभिनेत्री श्रीदेवी र बोनी कपूरको सुन्दर जोडी धेरैलाई उदाहरणीय थियो । तर, बोनी कपूरले आफ्नी श्रीमती हुँदाहुँदै श्रीदेवीसँग विवाह गरेको हल्लाले उनी आलोचनाको सिकार भएका थिए ।

हिन्दी चलचित्रका ‘मिस्टर पर्फेक्सनिस्ट’ अमिर खानले किरण रावसँग दोस्रो विवाह गरेका थिए । अमिर खान र रीना दत्ताबीच सम्बन्धविच्छेदपछि किरणसँग विवाह गरेका थिए । अहिलेपनि यो जोडी निकै चर्चित छ ।

बलिउड अभिनेता अर्जुन रामपाल र मेहर जेसिकाले २१ वर्षको वैवाहिक जीवनलाई समाप्त गरे । त्यसपछि अर्जुनले आफ्नी प्रेमिका मोडल ग्याब्रएलासँग विवाह गरे । अर्जुन र ग्याब्रएलाको एउटा छोरा पनि छन् ।

 

प्रकाशित मिति: Nov 22, 2019

प्रतिक्रिया दिनुहोस्