Logo
१२ बैशाख २०८१, बुधबार
(November 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्को व्याज विरुद्ध नगर स्तरीय सहकारी समन्वय समितिले गर्यो पत्रकार सम्मेलन

शिव भट्टराई,सहकारीलाई हतियार बनाएर चर्को व्याज असुल्ने सहकारी देखि होसियार रहन सुन्दरहरैंचामा रहेको नगर स्तरीय सहकारी समन्वय समितिले आग्रह गरेको छ ।
विहीवार सुकुना वचतको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि चर्को व्याज असुल्ने सहकारी अहिले संघीय सरकारले जारी गरेको ऐन संशोधन गर्ने पक्षमा रहेकोले होसियार रहन सहकारी कर्मीहरुलाई आव्हान गरेको हो । समितिका अध्यक्ष नरेन्द्र बस्नेतद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा महानगरपालिकामा रहेका कतिपय सहकारीहरुले परिवार भित्र सिमित राखेर संचालन गरेको सहकारीले ३० प्रतिशत व्याज सम्म लिएको पाईएको यस्ता संस्थाहरुलाई अविलम्ब कारवाही गर्न समितिले माग पनि गरेको छ ।

संघीय सरकारद्धारा जारी गरेको सहकारी ऐनमा १६ प्रतिशत भन्दा बढी व्याजदर लिन नपाउने उल्लेख छ । यो ऐन लागू हुँदै गर्दा सुदखोरी सहकारीहरु आत्तिएको र यस निर्णयलाई उल्ट्याउन लागिपरेकोले निर्णय कार्यान्वयका लागि सबै सच्चा सहकारीकर्मीहरु एक ढिक्का हुन अध्यक्ष बस्नेतले आह्वान पनि गरेका छन्।

सहकारी ऐनका कतिपय असहमतिका वावजुध १६ प्रतिशत भन्दा बढी व्याजदर दिन नपाउने निर्णय जनपक्षीय र स्वागत योग्य रहेको अध्यक्ष बस्नेतले बताए । सबै सहकारीहरुलाई यो निर्णयको पक्षमा उभिन उनले आह्वान पनि गरेका छन ।

प्रकाशित मिति: Nov 21, 2019

प्रतिक्रिया दिनुहोस्