Logo
१३ बैशाख २०८१, बिहीबार
(November 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शपथग्रहणपछि यस्तो देखियो नवनियुक्त मन्त्रीहरूले तड्क-भड्क (फोटो-फिचर)

नवनियुक्त मन्त्रीहरूले बिहिबार पद तथा गोपनीयताको शपथ लिएसंगै सक्रिय देखिएका छन् । प्रायः सबै मन्त्रीहरुले बिहिबार नै कार्यभार समेत सम्हालेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार बिहान आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्री र ३ राज्य मन्त्रीहरूलाई शपथ गराएकी हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था अनुसार उनले त्यसको भोलिपल्ट शपथ गराएकी हुन् ।

शपथसँगै नवनियुक्त मन्त्रीहरूलाई मन्त्रालयको कार्यभार सम्हालेर काम गर्न बाटो खुलेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

तीन राज्यमन्त्री उद्योगका मोतिलाल दुगड, स्वास्थ्यका नवराज रावत र शहरी विकासका रामवीर मानन्धरले पनि राष्ट्रपतिको उस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट शपथ लिएका छन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित भएका थिए ।

हेर्नुस् गतिबिधिको फोटो फिचर : 

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन, शीतलनिवासमा बिहीबार आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउँदै । तस्बिरः प्रदीपराज वन्त, रासस
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित समारोहमा नवनियुक्त राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउँदै । तस्बिरः प्रदीपराज वन्त, रासस

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बिहीबार राष्ट्रपति भवन शीतलनिवासमा नवनियुक्त राज्यमन्त्रीहरु ।
नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई बिहीबार स्वागत गर्दै मन्त्रालयका कर्मचारी ।
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई मन्त्रालयमा बिहीबार स्ववागत गरिँदै ।
नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाललाई बिहीबार बधाई दिँदै निवर्तमान कृषिमन्त्री चक्रपाणि खनाल । तस्बिरः रोशन सापकोटा, रासस
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बिहीबार मन्त्रालयमा कार्यभार सम्हाल्दै ।
नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी बिहीबार मन्त्रालयमा पदभार सम्हाल्दै ।
नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै ।

नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल बिहीबार मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै । तस्बिरः रोशन सापकोटा, रासस
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ बिहीबार मन्त्रालयमा कार्यभार सम्हाल्दै । तस्बिरः रोशन सापकोटा, रासस
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई बिहीबार मन्त्रालयमा स्वागत गरिँदै ।

 

प्रकाशित मिति: Nov 21, 2019

प्रतिक्रिया दिनुहोस्