Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘समाजवाद उन्मुख कार्य योजना बनाएर अघि बढ्नुपर्छ, पुरानो ढर्राले अघि बढ्न सकिन्न’

काठमाडौं : नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दीर्घकालीन योजना पूरा गर्दै एक नम्बरको मन्त्रालय बनाउने उद्घोष गरेका छन् ।

बिहीबार मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले भने, ‘समाजवाद उन्मुख कार्य योजना बनाएर अघि बढ्नुपर्छ । पुरानो ढर्राले अघि बढ्न सकिन्न ।’

कैलाली घर भएका भट्ट डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्तिमन्त्री थिए । त्यसअघि प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा उनी श्रम मन्त्री बनेका थिए ।

दोस्रोपटक उद्योग मन्त्रालयको जिम्मेवारी पाएका उनले भने, ‘अहिलेसम्म मन्त्रालयले पहिल्याएको समस्या समाधान गर्दै अघि बढ्नुपर्छ । सेवाग्राही अलमलमा नपर्ने गरी कार्यसम्पादन होस् । यो मन्त्रालयमा अनुशासनहीन काम नहोस् ।’

 

प्रकाशित मिति: Nov 21, 2019

प्रतिक्रिया दिनुहोस्