Logo
४ बैशाख २०८१, मंगलबार
(November 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषदमा नपरेपछि प्रभु साह भन्छन्-‘पुनर्गठनबाट लञ्जित छु’

नेकपाका नेता तथा पूर्वमन्त्री प्रभु साहले सरकार पुनर्गठनप्रति असन्तुष्टि जनाउँदै यसबाट आफू लज्जित भएको प्रतिक्रिया दिएका छन् । योग्यहरूलाई हटाएर अयोग्यलाई मन्त्री बनाइएको साहको दाबी छ ।

मन्त्रीका आकांक्षीसमेत रहेका साहले कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने भए पनि गुटगत पूर्वाग्रह र लेनदेनको आधारमा गरिएको आरोप लगाएका छन् । नेकपा प्रदेश २ को अध्यक्षसमेत रहेका प्रभु साहले मन्त्री बन्न लबिङ गर्दै आएका थिए ।

‘कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो’, साहले फेसबुकमा लेखेका छन्, ‘मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन ।’

मन्त्रिपरिषद् पुनर्गठनमा सामान्य कम्युनिष्ट मूल्य मान्यतासमेत अवलम्बन नगरिएको भन्दै यसबाट आफू लज्जित भएको उनले बताएका छन् ।

‘योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरि एकचोटी लञ्जित भएका छौं’, उनले लेखेका छन् ।

ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका छन् ।

प्रकाशित मिति: Nov 21, 2019

प्रतिक्रिया दिनुहोस्