Logo
७ बैशाख २०८१, शुक्रबार
(November 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यो हो स्वाधिन नेपालको वास्तविक नक्सा!

नेपाली भूमि भारतले आफ्नो नक्सामा पारेको विरोधमा बुधवारपनि काठमाडौँमा विरोध प्रदर्शन भएको छ ।

भारतले हालै जारी गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितका क्षेत्र समेटेको छ ।

त्यसको विरोधमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनको क्रममा उनीहरुले लिम्पियाधुरासहितको नेपालको नक्सासँग नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र भारतले हालै मिचेपछिको नक्सासहितको ब्यानर बोकेका थिए ।

स्वाधिनताको रक्षाका लागि आफूहरु प्रदर्शनमा आउन बाध्य भएको उनीहरुले बताएका छन् ।

प्रकाशित मिति: Nov 20, 2019

प्रतिक्रिया दिनुहोस्