Logo
१३ बैशाख २०८१, बिहीबार
(November 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब टुटल र पठाओलाई भाडा लिएर यात्रु बोके कारबाही

यातायात व्यवस्था विभागले निजी प्रयोजनका लागि दर्ता भएको सवारी साधनले भाडा लिएर यात्रु ओसारपोसार गरेको सम्बन्धमा आपत्ति जनाएको छ । विभागले विज्ञप्ति जारी गर्दै ’टूटल’ र ’पठाओ’ लगायतका सवारी साधनले निजी सवारीलाई पनि भाडा लिएर यात्रु ओसारपसार गर्नु कानुनको उल्लंघन भएको जनाएको छ ।

यससम्बन्धमा व्यापक जनगुनासो आएपछि विभागले कानुन बमोजिम कारबाही गर्ने पनि उल्लेख गरेको छ । एउटा प्रयोजनका लागि दर्ता भएको सवारी साधन अर्काे प्रयोजनमा प्रयोग नगर्न विभागले सचेत गराएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ (२) मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन’ र दफा १२ मा ‘कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्काे प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन’ भन्ने कानुनी व्यवस्था छ ।

यसअघि पनि विभागले कारबाही थालेपछि प्रधानमन्त्री ओलीले नयाँ प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कारबाही रोक्न र निजी सवारीलाई भाडामा यात्रु बोक्न निर्देशन दिएका थिए । त्यसपछि पुनः यो विषय साम्य भएको थियो ।

प्रकाशित मिति: Nov 20, 2019

प्रतिक्रिया दिनुहोस्