Logo
१२ बैशाख २०८१, बुधबार
(November 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमापनि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइयो

३० औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अबसर पारेर प्रदेश एक स्थित सुनसरीको दुहबीमा नबज्योति बाल क्लब तथा सुनौलो बाल क्लबको आयोजनामा दुहबीको २ ओटा बिद्यालयका विद्यार्थी शिक्षक हरु लगायतले र् याली सहित दुहबी बजार परिक्रमा गरेका छन् । र् यालीमा विद्यार्थीहरुले बाल अधिकारको सम्मान गरौ, बालमैत्री नगरपालिका बनाऔ, समान सहभागिताको सुनिस्चितता गरौ लगायतका प्लेकार्ड बोकि सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए । करुणा फाउन्डेसन नेपालको सहकार्य तथा दुहबी नगरपालिकाको साझेदारीमा बाल दिवसको अबसर पारेर दुहबीको ८ ओटा विद्यालयहरुमा बाल बिकासका विभिन्न प्रतियोगिता तथा कार्यक्रमहरुको आयोजना गरिएको तथा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत बितरण गरिने करुणा फाउन्डेसन नेपालका भेषराज पोख्रेलले जनाए ।

प्रकाशित मिति: Nov 20, 2019

प्रतिक्रिया दिनुहोस्