Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीलाई ५० हजार घुस दिन खोज्ने महिला पक्राउ

प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ ।

वृत्तको टोलीले टोखा नगरपालिका-५ बसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्ट हाउसमा छापा मार्ने क्रममा प्रहरीलाई रु ५० हजार घुस दिन खोज्ने होटलका सञ्चालक ४० वर्षीया सोममाया राईलाई मङ्गलबार राति पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले अवैध गतिविधि हुने गरेको सूचनाका आधारमा छापा मार्ने क्रममा प्रहरीलाई घुस दिन खोजेपछि राईलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकी राईलाई आवश्यक कानूनी कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको वृत्तले जनाएको छ ।

प्रकाशित मिति: Nov 20, 2019

प्रतिक्रिया दिनुहोस्