Logo
६ बैशाख २०८१, बिहीबार
(November 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इनरुवाका जग्गा कारोवारी कारी यादवको हत्या, ‘सोमबारे हाट’ छेउमा शव फेला

प्रदेश १ स्थित सुनसरीको इनरुवामा जग्गाको कारोबार गर्दै आएका अन्दाजी ४० वर्षका कारी यादवको हत्या भएको छ ।

सुनसरी जिल्ला अदालत नजिकै रहेको सोमबारे हाट छेउ घर भएका यादवको शव हत्या भएको अवस्थामा आज विहान फेला परेको हो ।

यादवको शव घर छेउमै भेटिएको हो । यादवको हत्या घरेलु हतियारको प्रहारबाट भएको हुन सक्ने अनुमान गरिएको छ ।

घटनाको प्रकृति अनुसार हत्या गरिएका यादवको शव राती सुत्ने अवस्थामा लगाउने पहिरनमा देखिएको छ ।

शव भेटिएको स्थानमा रगत नभेटिएकाले अन्यत्रै हत्या गरि मारेर फालिएको हुन सक्ने पीडित पक्ष्यको अनुमान छ ।

स्थानीयका अनुसार यादवका दुई सन्तान मामाली गएकाले श्रीमती समेत उनीहरुलाई लिन माइत गएकी थिइन् ।

घरमा यादवकी बुहारी र अन्य साना केटाकेटी मात्र थिए । रातीको समयमा फोन आएर कारी यादव घर बाहिर निस्केको भनिएपनि वास्तविकताबारे प्रहरी अनुसन्धानबाट खुल्ने मृतकका आफन्तहरुको अपेक्षा छ ।

घटनास्थलमा सुनसरीका डीएसपी बिनोद शर्मा सहितको टोली परिचालित छ । हत्या शंकास्पद देखिएको बताउने प्रहरीले घटनामा संलग्न दोषी छिटै पक्राउ पर्ने जनाएको छ ।

अनुसन्धानका क्रममा रहेकाले विस्तृत जानकारी नदिएपनि प्रहरीले सूक्ष्म रुपमा अघि बढाइएको अनुसन्धान निचोडमा पुग्न लागेको बताएको छ ।

प्रकाशित मिति: Nov 20, 2019

प्रतिक्रिया दिनुहोस्