Logo
८ बैशाख २०८१, शनिबार
(November 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बझाङमा ५.७ रेक्टरको भूकम्प

बझाङ : मङ्गलबार राति ७ बजेर १६ मिनेटमा बझाङको खप्तड छान्ना गाउँपालिकाको पौवागडीलाई केन्द्रबिन्दु बनाएर ५.७ रेक्टरको भुकम्पले २ वटा घर चर्किएका छन् ।
भूकम्पले हल्लाउन थालेपछि जिल्लाबासी त्रसित भएका थिए । भूकम्पले खप्तड छान्ना गाउँपालिका अन्र्तगत पौवागडीमा भोजराज जोशी र सोही ठाउँका तुलाराम थापाको घर चर्किएको र मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेश बमले बताएका हुन् ।

यता, प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले गाउँपालिकामा एउटा पूरानो गोठ भत्केको खबर आएको जानकारी दिए । उनले पनि हालसम्म कुनै अप्रिय घटनाको सूचना नआएको जानकारी दिए ।

प्रकाशित मिति: Nov 20, 2019

प्रतिक्रिया दिनुहोस्