Logo
६ बैशाख २०८१, बिहीबार
(November 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद पुनर्गठन : सबै मन्त्रीहरुलाई बुधबार बिदा बस्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद पुनर्गठन तथा मन्त्री हेरफेर हुने जानकारी गराएका छन्।

मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले आफूले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको बताए।

ओलीले को-को मन्त्री हट्दैछन र थपिदैछन् भन्नेबारेभने कुनै जानकारी नगराएको एक मन्त्रीले बताए।

स्रोतका अनुसार नयाँ मन्त्रीहरूको सपथ भोलि(बुधबार) नै हुने भएकाले कुनै औपचारिक कार्यक्रमसमेत नराख्न मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेरकै विषयमा छलफल गर्न भोलि बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएका छन्।

नेकपा अध्यक्षसमेत रहेका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मन्त्रिपरिषद पुनर्गठनबारे छलफल गरिसकेका छन्।

यसैबीच सरकारले अध्यादेशमार्फत् संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्ने भएको छ। अहिले संवैधानिक परिषद ऐनमा ‘बैठकमा पेश भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुने’ उल्लेख छ।

सर्वसम्मतिमा निर्णय नभए अध्यक्षले अर्को बैठक बोलाउनु पर्ने व्यवस्था छ। अब सुरूमै बहुमतीय आधारमा निर्णय हुनेगरी संशोधन गर्न लागिएको एक मन्त्रीले जानकारी दिए।

प्रकाशित मिति: Nov 19, 2019

प्रतिक्रिया दिनुहोस्