नेपाल आयल निगमको ट्यांकर अपहरण
सोमबार राति नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगर गइरहेको ट्यांकर नै अपहरणमा परेको छ । यससमाचारबारे थपकुरा भने खुलेको छैन ।
२० किलोलिटर डिजल लिएर जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सिराहाको लहानबाट राति १ बजे अपहरणमा परेको नेपाल आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताएका छन् ।
अमलेखगंजबाट २० हजार लिटर डिजेल बोकेर गएको ट्यांकर सोमवार राती १२ बजेतिर लहानमा अपहरणमा परेको जानकारी प्राप्त भएको पौडेलले जानकारी दिए ।
‘हिजो (२ मंसिर) राती अमलेखगंजको पेट्रोलिमय पाइपलाइनबाट २० हजार लिटर डिजेल बोकेर विराटनगरका लागि गएको ट्यांकर लहानमा अपहरण भएको जानकारी प्राप्त भएको छ, कसले र किन गर्याे भन्ने सम्बन्धमा छानविन भइरहेको छ,’ पौडेलले भने ।
सो ट्यांकर अपहरणकारीले लाहानबाट सिन्धुली–बर्दिबास सडकखण्डको जंगलमा पुर्याएको ट्यांकर चालक रामदेव साहले लहान प्रहरीलाई बताएका छन् ।
ट्यांकरका चालक र सहचालकले नै अपहरणको जानकारी प्रहरीलाई गराएका थिए । चालक र सहचालक दुवै जना अहिले लहान प्रहरीको सम्पर्कमा छन् ।
चालकले प्रहरीलाई दिएको वयानअनुसार ट्यांकरधनी श्याम गुप्तासँग आफूहरुको रिसइवी रहेकोले अपहरण गरेका थिए । चालक र सहचालकलाई भने सो जंगलमा छोडेर ट्यांकर नियन्त्रणमा लिएर गएका छन् ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार सिन्धुली प्रहरीसँग समन्वय गरेर ट्यांकर खोजी कार्य भइरहेको छ ।