Logo
७ बैशाख २०८१, शुक्रबार
(November 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेतासँग खसी माग्ने डिएसपी साहीमाथि कारबाही गर्न सिफारिस

बाँके : नेपाली कांग्रेसको भातृ संगठन तरूण दलका नेतासँग खसी माग्ने डिएसपीमाथि विभागीय कारबाही गर्न छानविन समितिले सिफारिस गरेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीको संयोजकत्वमा गठित छानबिन समितिले आइतबार प्रदेश नम्बर ५ का प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहलाई प्रतिवेदन बुझाउँदै शाहीलाई विभागीय कारबाही सिफारिस गरेको हो ।

तरूण दल बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्कासँग प्रहरी आचरणविपरीत खसी मागेको आरोप पुष्टि भएपछि इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीलाई विभागीय कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको हो ।

प्रहरी आचरणमा विभागीय कारबाही अन्तर्गत सचेत गराउने, नसियत दिने, ग्रेड रोक्का, बढुवा रोक्का तथा कसूर हेरेर एक तहसम्म घटुवा गर्न सकिने व्यवस्था छ । डिएसपीमाथि कसूर हेरेर यी सबैमा कारबाही हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Nov 19, 2019

प्रतिक्रिया दिनुहोस्