Logo
१३ बैशाख २०८१, बिहीबार
(November 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नबिल र वाणिज्य बैंक भन्दा कम छैन एनआईसी एशिया एक अर्ब नाफा, प्रतिशेयर आम्दानी ४० रुपैयाँ

काठमाडौं। व्यवसायमा आक्रामक देखिदै आएको एनआईसी एशिया बैंक पहिलो त्रैमाशमै अर्बपति क्लबमा उक्लिएको छ। बैंकले असोज मसान्तसम्मको अवधिमा एक अर्ब रुपैयाँ नाफा गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा ३४ प्रतिशतले नाफा बढाएको हो।

नाफामा उल्लेख्य सुधार देखिए पनि व्याज खर्च अधिक हुँदा खुद व्याज आम्दानी भने १.२२ प्रतिशतले घटेको छ। यस्तो आम्दानी एक अर्ब ८४ करोड रुपैयाँ छ। गत वर्ष एक अर्ब ८६ करोड रुपैयाँ थियो।

बैंकको यो नाफा गत आवको तुलनामा ३४.१३ प्रतिशत अर्थात २५ करोड ६९ लाख रुपैयाँले बढी हो भने बैंकहरुमध्ये तेस्रो ठूलो नाफा हो।

असोजसम्ममा बैंकमा १ खर्ब ७८ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ५८ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यस अवधिमा बैंकको वितारणयोग्य नाफा ४४ करोड ८४ लाख रहेको छ। राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुप बैधानीक जगेडा र नियामकीय जगेडा कोषमा गरि कूल ५६ करोड ११ लाख ५३ हजार रुपैयाँ छुट्याउँदा बैंकको वितरणयोग्य मुनाफामा भने कमी आएको हो।

प्रकाशित मिति: Nov 16, 2019

प्रतिक्रिया दिनुहोस्