Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिनि म्याराथुन २०१९ को उपाधी मोहन कुमार राइलाइ

दुहबी/प्रदेश नम्बर एकमा रहेको दुहबी जेसिजको आयोजनामा भएको मिनि म्याराथुन २०१९ को उपाधी धरानका मोहन कुमार राइले जितेका छन् । महिला तर्फबाट संगीता तामाङ प्रथम भएकी छिन । उपाधी सहित राइले मेडल प्रमाणपत्र तथा नगद ११ हजार प्राप्त गरे । संगीता तामाङले मेडल प्रमाणपत्र सहित ५ हजार १ सय प्राप्त गरिन ।
फर्स्ट रनर अप किरण लिम्बुले मेडल प्रमाणपत्र सहित ८ हजारअ १ सय प्राप्त गरे । सेकेन्ड रनरअप रोशन राइले मेडल प्रमाणपत्र सहित ५ हजार १ सय प्राप्त गरे । ६ किलोमिटरको सो म्याराथुनमा ३५० जनाले प्रतिस्पर्धा गरेका थिए । श्री सरस्वती माबिको खेलमैदानमा शनिबार भएको कार्यक्रमका प्रमुख अतिथि दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले दुहबी जेसिजले गरेको योगदानको विषयमा चर्चा गर्नु हुँदै युबा स्वस्थ्य भएमात्र समाजको दिगो बिकास हुने धारणा राख्नु
भयो । साथै वहाँले दुहबीबासिहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै २७ करोडको योजना अगि बढाइएकोमा यसै बर्ष ३ करोडको ठेक्का लागि सकेको बताउनु भयो । कार्यक्रममा नेपाल जेसिजका अध्यक्ष महेस पौडेलले समृद्ध रास्ट्रका लागि
युबाहरुको सहभागिता जरुरी रहेको बताउनु भयो ।

प्रकाशित मिति: Nov 16, 2019

प्रतिक्रिया दिनुहोस्