Logo
७ बैशाख २०८१, शुक्रबार
(November 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलमलाई पुर्पक्षका लागि थुनामा पठाएलगत्तै रातारात काठमाडौँ ल्याइयो

काठमाडौँ : रौतहट जिल्ला अदालतले नेपाली कांग्रेसका नेता मोहम्द अफताब आलमलाई पुर्पक्षका लागि थुनामा पठाएलगत्तै रातारात काठमाडौँ ल्याइएको छ । आलमलाई ललितपुरस्थित नख्खु कारागार ल्याइएको हो ।

१२ वर्षअघि बम बनाउँदा विस्फोट भएर घाइतेलाई इटाभट्टामा हालेको आरोपमा पक्राउ परेका आलमलाई शुक्रबार अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

अदालतको आदेशमा उल्लेख भएअनुसार सुरक्षाको दृष्टिकोणले उनलाई त्यहाँ राख्नु उपयुक्त नभएमा अन्य कारागारमा स्थान्तरण गर्न सकिनेछ । अदालतको आदेशपछि उनलाई गाडीमा हालेर राति एक बजेतिर नख्खु कारागारमा ल्याइएको हो ।

आलमलाई जिल्लामा राख्न सुरक्षा जोखिम भएकाले रौतहटको गौरबाट शनिबार विहान ४ बजे नख्खु कारागार ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको छ ।

प्रकाशित मिति: Nov 16, 2019

प्रतिक्रिया दिनुहोस्