Logo
७ बैशाख २०८१, शुक्रबार
(November 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलात्कारको आरोपमा पक्राउ परेका दुई नेता जेल चलान

ललितपुर : जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा संघ र नेपाली काँग्रेसको विद्यार्थी संगठनका दुई नेतालाई थुनामा पठाउन ललितपुर अदालतले आदेश दिएको छ ।

पूर्पक्षका लागि थुनामा जानेमा दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेल रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर, ललितपुरले कात्तिक ३ गते नियन्त्रणमा लिएको थियो । उनीहरुलाई जिल्ला अदालत ललितपुरले शुक्रबार आदेश लिएलगत्तै नख्खु कारागार चलान गरिएका ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।

पोखरेल पूर्वएमालेको युवा संघको उद्योग तथा समृद्धि विभागको सदस्य हुन् भने गजुरेल नेविसंघको पूर्व केन्द्रीय सदस्य र हाल कांग्रेस नुवाकोट जिल्ला सदस्य थिए । दुवै जनाले मिलेर २९ असोजमा ललितपुरमा १९ वर्षीय युवतीमाथि बलात्कार गरेको अभियोग थियो ।

प्रकाशित मिति: Nov 16, 2019

प्रतिक्रिया दिनुहोस्