Logo
११ बैशाख २०८१, मंगलबार
(November 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीमा समस्या समाधान गर्न वर्तमान सरकारबाट सम्भव छ : नारायणकाजी श्रेष्ठ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल भारतबीचको सीमा समस्या समाधान गर्न वर्तमान सरकारबाट सम्भव रहेको बताएका छन् ।

प्रवक्ता श्रेष्ठले लिम्पियाधुरा, कालापानीलगायतका नेपाली भूमि भारतले अतिक्रमण गरेको उल्लेख गर्दै यो समस्याको समाधान गर्न उच्चस्तरीय राजनीतिक कूटनीतिक संवादको विकल्प नरहेको आफ्नो पार्टीको निष्कर्ष रहेको पनि स्पष्ट पारे ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतसँगको सीमा समस्या समाधान गर्न वर्तमान सरकार सफल हुने दावी गरे । ‘केपी ओली नेतृत्वको अघिल्लो सरकारले भारतबाट हुने नाकाबन्दीको अन्त्य गरेर भारतलाई झुकाउन सफल भएको थियो, प्रवक्ता श्रेष्ठले भने, ‘अब दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न पनि वर्तमान सरकारबाट सम्भव छ ।’ त्यसका लागि सरकारलाई सबै राजनीतिक दलहरुको सहमति र जनताको समेत साथ र सहयोग रहेको पनि प्रवक्ता श्रेष्ठको भनाई छ ।

कार्यक्रममा बोल्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले दुई मुलुकबीचको सीमा समस्या समाधानका लागि नागरिक अगुवाहरुलाई निरन्तर सरकारलाई दवाव दिन पनि आग्रह गरे । उनले जनताको सचेत दवावले सरकारलाई सो समस्या समाधान गर्न सघाउ पु¥याउने पनि स्पष्ट पारे ।

परराष्ट्रविद श्रेष्ठले भारतसँगको सीमा समस्या समाधान गर्ने उपयुक्त अवसर आएकाले त्यसको सदुपयोग हुने गरी उच्चस्तरीय राजनीतिक कूटनीतिक पहलकदमी लिन सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति: Nov 15, 2019

प्रतिक्रिया दिनुहोस्