Logo
१२ बैशाख २०८१, बुधबार
(November 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहकारी संस्था लि दुलारीको २८औं वार्षिक साघारण सभा सम्पन्न्न

शिव भट्टराई,मोरङ/ मोरङको सुन्दरहरैचा ६ मा रहेको सुन्दरदुलारी कै सबै भन्दा जेठो तथा पुरानो सस्था सहकारी सस्था लि दुलारी ले आफ्नो २८ औ बार्सिक साधारण सभा सप्पन्न गरेको छ। कार्तिक २९ गते सस्था को प्राङ्गणमा मा भएको कार्यक्रममा सहकारी सस्था दुरालीका पुर्ब अध्यक्ष एबम सहकारी बिज्ञ कृष्ण प्रसाद भुर्तेलको प्रमुख आतिथ्यता रहेको थियो भने
संस्थाका अध्यक्ष गजेन्द्र भट्टराई को सभापतित्व रहेको थियो।यस्तै कार्यक्रममा समाजसेवि अजम्बर राईको विशिष्ठ आतिथ्यता रहेको थियो भने अतिथीहरुमा साना किसान सुन्दरपुर का अध्यक्ष रबिन्द्र आचार्य ,वाड नं ४ का अध्यक्ष सैलेन्द्र श्रेष्ठ ,वाड न ७ का अध्यक्ष चैतान्य सिटौला , सानाकिसान दुलारी का उपाध्यक्ष चेतनाथ दाहाल लगायत बुद्धिजीवी समाजसेवि र सहकारी बिज्ञहरु को उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कृष्ण प्रसाद भुर्तेल ले सहकारी लाई परिपक्वता र स्वाभिमान को साथ जुन धरातलमा छौ त्यही बाट टेकि अगाडि बड्नुपर्ने मा जोड दिनु भयो। उहाँले नयाँ पुस्ता हरु लाई सेयर सदस्य बितरण गर्ने र आघुनिकिकरण गरि अगाडि लैजानु पर्ने बताउनु भयो।

सस्था ले सेयर सदस्य हरु मध्धे बाट उत्कृष्ट बचत कर्ता तर्फ कारियान देवि चौधरी र असल ऋणि तर्फ दुर्गा बाहादुर खड्का लाई सम्मान गरेको थियो भने सो कार्यक्रम को सन्चालन संस्थाका सचिब बाबू कृष्ण दाहालले गरेका थिए।

प्रकाशित मिति: Nov 15, 2019

प्रतिक्रिया दिनुहोस्