Logo
१२ बैशाख २०८१, बुधबार
(November 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. वेणुप्रसाद सिटौलालाइ एक कार्यक्रम बिच सम्मान

शिव भट्टराई,मोरङ सुनसरीको इटहरी स्थित नेपाल दयानन्द बैदिक मिसन ग्लोवल एकेडेमि ( डिभिएम )ले शुक्रबार प्राचार्य डा वेणुप्रसाद सिटौलालाइ एक कार्यक्रम बिच सम्मान गरेको छ।

भारत स्थित स्वामि विवेकानन्द विश्वविद्यालय सागर मध्य प्रदेशबाट शिक्षा विषयमा पिएचडि गर्ने पहिलो नेपाली बनेपछि उनलाइ डिभिएम स्कुलले शुक्रबार एक औपचारीक कार्यक्रम बिच सम्मान गरिएको हो । भारत स्थित स्वामि विवेकानन्द विश्वविद्यालय बाट बिद्यावारिधि गर्ने पहिलो नेपाली बनेर अतराष्ट्रिय स्तरमा डिभिएमको नाम चम्काएको भन्दै डा सिटौलालाइ बिद्यालय ब्यवस्थापन समिति , शिक्षक , कर्मचारी बिद्यार्थी लगायतले सम्मानपत्र र फुलमाला सहित डोसल्ला ओढाएर सम्मान गरेका हुन।

उक्त अवसरमा सम्मानित डा वेणुप्रसाद सिटौलाले भारतको स्वामि विवेकानन्द विश्वविद्यालय सागर मध्यप्रदेशबाट शिक्षा बिषयमा पिएचडी गर्ने पहिलो नेपाली बिद्यार्थि भएको दाबि गर्दै सो अवसर प्रति सबैमा आभार प्रकट गरे । उनले उक्त सम्मान पाउदा साच्चै गौरव महसुश गरेको पनि उल्लेख गरे ।

उनले गत २६ सेप्टेम्बरमा पनि डा.एपिजे कलाम युनिभर्सि्टि इन्डोर मध्यप्रदेशबाट डा.एपिजे कलाम लिडरसिप इक्सलेन्स अन्तराष्ट्रिय पुरस्कार पनि पाउने भएका छन । कार्यक्रममा बिद्यालयका प्रबन्ध निर्देशक मातृका प्रसाद आचार्य सभापति रहनुभएको थियो भने बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष ध्रुव कुमार सुुब्बा बिशिस्ट अतिथि रहनुभएको थियो ।

प्रकाशित मिति: Nov 15, 2019

प्रतिक्रिया दिनुहोस्