Logo
८ बैशाख २०८१, शनिबार
(November 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बंगलादेशका राष्ट्रपति हमिदलाई विदाई गर्दा एयरपोर्टमा जे देखियो (फोटोफिचर)

बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद नेपालको ४ दिने भ्रमण सकेर आज शुुक्रबार अपरान्ह स्वदेश फर्किएका छन् ।

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अपरान्ह बिदाइ गनुृहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।

उनलाई विदाई गर्न गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत मन्त्रीहरु विमानस्थल पुगेका थिए ।

मंगलबार नेपाल भ्रमणका लागि काठमाडौं आएका राष्ट्रपति हमिदले बुधबार समकक्षी राष्टपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए ।

त्यसैगरी उनले विहिबार पर्यटकीय नगरी पोखराको अवलोकन भ्रमण गरेका थिए भने मंगलबार नै भक्तपुर दरबार क्षेत्रको अवलोकन भ्रमण गरेका थिए ।

राष्ट्रपति हमिदको विदाईको अवसरमा अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रबार दुई देशको राष्ट्रिय झण्डा फहराएर बिदाइ गर्दै बालबालिका ।

बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रबार बिदाई गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।

 

प्रकाशित मिति: Nov 15, 2019

प्रतिक्रिया दिनुहोस्