Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद आलमलाई थुनामा पठाउने आदेश, इँटाभट्टा भएको ठाँउमा अहिले धानखेती

कांग्रेसका निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि जेल चलान गरेको छ।२०६४ साल चैत्र २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विष्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा जलाएको आरोपमा घटना भएको १२ वर्षपछि असोज २६ गते आलम पक्राउ परेका थिए।

आलमविरुद्ध ३२ वर्ष कैद सजाय मागदाबीसहित तीनवटा मुद्दा चलाइएको छ। १२ वर्ष अगाडी भएको बम विस्फोट, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दामा आलम पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

एक साता लामो थुनछेक बहसपछि जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले अलामलाई मुद्दा टुंगो नलागेसम्मका लागि जेल पठाउने निर्णय गरेको हो।

आदेश लगत्तै आलमलाई जिल्ला कारागार गौरमा लाने तयारी भइरहेको छ । न्यायाधीश ढकालको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ६७ (१) (ख) बमोजिमको सजायको आदेश दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले कात्तिक १८ गते नेता आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत गौरमा अभियोगपत्र दायर गरेको थियो ।

घटना के हो ?

संविधानसभा निर्वाचनमा धाँधलीका लागि ल्याएको बम २०६४ चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा विष्फोट भएको थियो।

विष्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा लगेर जलाएको आरोपमा असोज २६ गते आलम पक्राउ परेका हुन्।

अनुसन्धानका क्रममा दर्जनौ व्यक्तिसँग बयान लिइएको प्रहरीले जनाएको छ।

पूर्वप्रहरी, त्यस समय राजपुरमा खटिएका प्रहरी अधिकृत, प्रत्यक्षदर्शी, घटनाका घाइते भनिएकासँग प्रहरीले बयान लिएको थियो।

मृतक तथा घाइते ओसार्न प्रयोग गरेको भनिएको ट्र्याक्टर तथा घाइतेको उपचार गरिएको भारत मोतिहारीस्थित अस्पतालको रिपोर्ट प्रहरीले संकलन गरेको थियो ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०७५ चैत ८ गते पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयलाई घटनाको अनुसन्धान गर्न पत्राचार गरेको थियो। त्यसपछि उक्त घटनाका मुख्य आरोपित नेता आलम पक्राउ परेका हुन्।

यमुनामाई गाउँपालिका–४ का त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायण सिंह र ओसी अख्तरकी आमा रोक्साना खातुनले आलम, उनका भाइ मोहम्मद महताब आलम, मोबिन आलम, शेख भदई र शेख सवेजविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका हुन्।

गौर कारागारमा राखिने

आलम लाई गौर कारागारमा राखिने भएको छ। उक्त प्रकरणमा आलम गत् असोज २६ गते रौतहटबाटै पक्राउ पर्नुभएको थियो । घटनामा संलग्नमध्ये दश प्रतिवादी अझै फरार रहेका छन् ।

रौतहट क्षेत्रनम्बर २ बाट बिजयी प्रतिनिधि सभा सदस्य एबम पुर्व मन्त्री मोहम्मद आफताब आलमलाई प्रहरीले पहिलो संबिधान सभाको अघिल्लो दिन ०६४ चैत्र २७ गते तत्कालिन राजपुर फरहदवा गाबिस–४ स्थित आफनै गोठमा बम बनाउने क्रममा बिस्फोट हुदा तीन जना भन्दा बढिको मृत्यु भएको जाहेरीको आधारमा १२ बर्ष पछि रौतहट प्रहरीले पक्राउ गरेको हो ।

दुई पटक नेपालि काङ्ग्रेस रौतहट पार्टी सभापति हुदै नेपाली काग्रेसका केन्द्रिय सदस्य रहेका उनी काका शेष ईद्रिसको मृत्यु पछि राज्य सतामा रहेका मोहम्म्द अफताब आलम नेपाली काग्रेस बाट ०५४ सालको प्रतिनिधि सभा उपनिर्बाचन, ०५६ को प्रतिनिधि सभाको आबधिक निर्बाचन, ०६४ सालको संबिधान सभा सदस्य, ०७४ सालको प्रतिनिधि सभा सदस्यमा निर्बाचित भएका थिए ।

गौर जादै गर्दा उनलाई प्रहरीले राजपुरको पिप्रा भगवानपुर स्थित शेख इदृस गेट अगाडि बाट आइतबार नियन्त्रणमा लिएको थियो ।
यसकारन पक्राउ परे आलम २०६४ मा भएको पहिलो संविधानसभा चुनावको अघिल्लो रात चैत २७ मा भएको बम विस्फोटमा घाइते भएका युवालाई जलाएर हत्या गरेको घटनाका आरोपी उनलाई प्रहरीले पक्राउ गरिएको हो ।

पूर्वमन्त्री शेख इद्रिसको पुरानो घरमा बम विस्फोट हुँदा पिन्टु भन्ने २४ वर्षीय त्रिलोकप्रताप सिंह र अर्का २२ वर्र्षका ओसी अख्तर ज्यान गएको थियो ।

राजपुर गाउँ नजिकैको इँट्टाभट्टामा जलाएर प्रमाण नष्ट गरेको भन्दै २०६५ वैशाख ९ मा पिन्टुका बाबु श्रीनारायण सिंह र ओसी अख्तरकी आमा रोक्साना खातुनले सांसद आलम, उनका भाइ महताबसहित मोबिन आलम, शेख भदई र शेख सवेजविरुद्ध किटानी जाहेरी दिएका थिए ।

पीडित परिवारको जाहेरीपछि २०६५ असार ३० मा महान्यायाधिवक्ता कार्यालयले रोक्साना खातुन वादी रहेको मुद्दामा कोहीमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णयपछि पीडित श्रीनारायण सिंहले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । सर्वोच्चले २०६९ जेठ १६ मा मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान गरी ‘प्रचलित कानुनबमोजिम’ कारबाही गर्ने आदेश दिएको थियो ।

अदालतको आदेश नमानेको भन्दै पीडित पक्षले २०७३ मा जिल्ला प्रहरी कार्यालय रौतहटविरुद्ध मानहानि मुद्दा दर्ता गराएका थिए । निर्देशनालयले २०७५ चैत ८ मा जिल्ला प्रहरी कार्यालयलाई ताकेता गर्दै मुद्दाको अनुसन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपी सांसद आलमलाई प्रहरीले पक्राउ गरेको थियो।

इँटाभट्टामा जलाएको दाबी

घटना लुकाउन विस्फोटमा मारिएका तथा घाइते भएकाहरूलाई गाउँ नजिकैको आफन्तको इँटाभट्टामा जलाएको पीडित पक्षको दाबी छ ।घटनामा आफन्त मारिएको भन्दै यमुनामाई गाउँपालिका–४ का सिंह र खातुनले नेता आलमसहित ५ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

विस्फोटबाट क्षति पुगेको खपटाले छाएको घर राति नै मर्मत गरिएको थियो । मृतक तथा घाइतेलाई जलाइएको भनिएको इँटाभट्टा घटनाको केही वर्षपछि बन्द भएको थियो । अहिले सो स्थानमा धानखेती छ ।

प्रकाशित मिति: Nov 15, 2019

प्रतिक्रिया दिनुहोस्