Logo
१५ चैत्र २०८०, बिहीबार
(November 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त, यसअघिका रिमाल र भट्टराई कायमै रहने

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रेस सल्लाहकारमा नेकपा केन्द्रीय सदस्य सूर्य थापालाई नियुक्तीको तयारी गरेका छन् ।

अनौपचारिक छलफलपछि थापालाई नियुक्तीको तयारीमा प्रधानमन्त्री जुटेका हुन् ।

नेकपाको प्रचार विभागको उपप्रमुखसमेत रहेका थापाले अनौपचारिक रुपमा काम थालेको स्रोतले जनाएको छ ।

अबको मन्त्रिपरिषद् बैठकबाट थापा औपचारिक रुपमा प्रधानमन्त्रीको प्रेस सल्लाहकार बन्नेछन् ।

उनी झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार बनेका थिए । यसैबीच प्रधानमन्त्री ओलीले प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र विदेश मामला सल्लाहकार राजन भट्टराईलाई सल्लाहकारमा कायमै राखेका छन् ।

बालुवाटार स्रोतका अनुसार १ मंसिरबाट रिमाल र भट्टराई बाहेकका अधिकांश सचिवालयमा रहेका राजनीतिक नियुक्तिका व्यक्तिहरु हुनेछैनन् ।

प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, लगायतको राजीनामा स्वीकृत भइसकेको छ ।

उनीहरुप्रति ओली असन्तुष्ट भएको बुझिएको छ । रिमाल लामो समययता ओलीका विश्वासपत्र हुन् । उनले कठिन समयमा समेत ओलीलाई साथ दिएका थिए ।

भट्टराई कुटनीतिक मामलाका जानकार हुन् । उनीबाट पनि ओली प्रभावित छन् । दुवैमाथि ओली निकै विश्वास गर्न सक्छन् । तर, सचिवालयका अन्य व्यक्तिहरुप्रति ओलीको भरोसा टुटेको बुझिएको छ ।

त्यसैले सचिवालयमा नयाँ टिम ल्याएर अगाडि बढ्ने ओलीको रणनीति बनेको बुझिएको छ ।

प्रकाशित मिति: Nov 15, 2019

प्रतिक्रिया दिनुहोस्