Logo
१२ बैशाख २०८१, बुधबार
(November 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘लिखित परीक्षा बिना कर्मचारीहरुको बढुवा हुने कानूनी व्यवस्था गर्नुपर्छ ’

 सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले लिखित परीक्षा बिना कर्मचारीहरुको बढुवा हुने कानूनी व्यवस्था गर्नुपर्ने बताएकी छन् ।

कर्मचारीहरुको बढुवाका लागि लिखित परीक्षा दिने प्रावधान हटाउनुपर्ने प्रस्ताव अघि सार्दै नेकपाकी प्रतिनिधिसभाकी सांसद भुसालले काम गर्ने कर्मचारीलाई न्याय दिन पनि लिखित परीक्षा बिना कर्मचारीहरुको बढुवा हुने कानूनी व्यवस्था गर्नुपर्ने तर्क गरेकी हुन् ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कर्मचारीहरुलाई कामप्रति जवाफदेही बनाउन पनि कार्य क्षमताकै मूल्यांकनलाई आधार बनाएर बढुवा गर्ने व्यवस्था गर्न उपयुक्त हुने तर्क गरिन् ।

बिनालिखित परीक्षा कामै गरेर कर्मचारीहरुको प्रमोशन हुने व्यवस्था गर्नुपर्दछ,’ सांसद भुसालले भनिन्, ‘लिखित परीक्षा गर्दा काम नगरे पनि पढेर फष्ट हुने र काम गर्ने कर्मचारीहरु चाहिँ अन्याय पर्ने हुन्छ ।’

सांसद भुसालले कर्मचारीहरुलाई आफ्नो कामप्रति जवाफदेही बनाउन पनि कामकै आधारमा बढुवा हुने व्यवस्था गर्नुपर्ने पनि स्पष्ट पारिन् । ‘काम गर्दिन, हाकिमलाई टेर्दिन, सोर्स लगाउँछु भन्नेहरु’ लिखित परीक्षामा फष्ट हुने भएकाले उनीहरुको कार्य सम्पादन राम्रो हुने नगरेको पनि सांसद भुसालको भनाइ छ ।

प्रकाशित मिति: Nov 14, 2019

प्रतिक्रिया दिनुहोस्