Logo
७ बैशाख २०८१, शुक्रबार
(November 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संवैधानिक आयोगमा ४० पद रिक्त, नियुक्ति प्रक्रिया उपनिर्वाचनपछि

संवैधानिक आयोगमा रिक्त पदाधिकारी नियुक्ति उपनिर्वाचनपछि हुने भएको छ।

सत्तासीन नेकपा र प्रमुख विपक्षी कांग्रेस नेताबीच बुधबार भएको अनौपचारिक कुराकानीमा उपनिर्वाचनपछि मात्र संवैधानिक परिषद्को बैठक गरेर आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाउने सहमति बनेको हो।

संविधानले व्यवस्था गरेका १३ वटा संवैधानिक आयोगमा पदाधिकारी नियुक्त हुन सकेका छैनन् । संवैधानिक मान्यता पाएका, महिला, दलित, आदिबासी जनजाति र समावेशी आयोगमा ४० पदमा हालसम्म एकजना पनि पदाधिकारी नियुक्त हुन सकेको छैनन् ।

देशकै महत्वपूर्ण मानिने संवैधानिक आयोग अख्तियार दुरुपयिोग अनुसन्धान आयोगमै दुई जना आयुक्तको पद खालि छ ।

यस्तै निर्वाचन आयोगमा पनि आयुक्तहरु सुधीर शाह र इला शर्माको कार्यकाल सकिएपछि पद रिक्त छन् । प्राकृतिक वित्त आयोगमा चार जना सदस्यको पद रिक्त छ । मधेसी, थारु र मुस्लिम आयोगमा पनि चार चार जना सदस्यको पद रिक्त रहेको छ । समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले राजीनामा दिएपछि पदाधिकारी बिहीन बनेको छ ।

संविधानले मान्यता दिएका महिला, आदिबासी जनजाति र दलित आयोगमा अध्यक्ष नियुक्त हुन सकेका छैनन् । सत्य, निरुपण तथा बेपत्ता आयोगमा पनि राजनीतिक असहमतिका काराण पदाधिकारी नियुक्त हुन सकेका छैनन् । पदाधिकारी नियुक्तिको लागि समिति गठन भएरपटकपटक छलफल हुँदा पनि नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन ।

प्रत्येक संवैधानिक आयोगमा अध्यक्षसहित चार चार जना सदस्यको पद रहने संविधानमा व्यवस्था छ ।

प्रकाशित मिति: Nov 14, 2019

प्रतिक्रिया दिनुहोस्