Logo
१२ बैशाख २०८१, बुधबार
(November 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राज्य व्यवस्थाको निर्णय : निजामती कर्मचारीको उमेर हद ६० वर्ष बनाउने

काठमाडौँ : निजामती कर्मचारीको सेवा अवधि दुई वर्ष थपिने भएको छ । सांसदको राज्य व्यवस्था समितिले कर्मचारीको अवकास उमेर हद ६० वर्ष बनाउने निर्णय गरेको हो ।

तर यो व्यवस्था हरेक वर्ष ६/६ महिना थपिनेछ र २०२१ सालदेखि मात्र पूर्ण रूपमा लागू हुने गरी कानुनी व्यवस्था गर्ने समितिको निर्णय छ । निजामती सेवा ऐनमा निजामती कर्मचारीको उमेर हद ५८ वर्ष रहेकोमा एउटै ढुकुटीबाट तलब भत्ता खाने सरकारी कर्मचारीहरूको सेवा अवधिको उमेर हद फरक-फरक भएको भन्दै एउटै बनाउने पटक पटक बहस तथा छलफल हुँदै आएको थियो ।

सङ्घीय निजामती सेवा विधेयकमा निजामती सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर ५८ तोकिएकोमा संसद्को राज्य व्यवस्था समितिको बैठक ६० वर्ष राख्ने निर्णय गरेसँगै सांसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउने छ ।

लोक सेवा आयोगले सबै कर्मचारीहरूको अवकाशको उमेर हद ६० वर्ष कायम गर्न सरकारलाई सुझाव दिएको थियो । आयोगले सरकारलाई दिएको सुझावमा उमेर हद ६० वर्ष राख्नुपर्नाका विभिन्न चार वटा आधारहरूसहित राय पेस गरेको थियो ।

जसमा पछिल्ला दुई दशकमा नेपालीहरूको औसत आयु बढेकोले, छिटो अवकाश हुँदा पेन्सनको भार बढ्ने भएकाले, महिलाहरूको सेवा अवधि नपुग्ने भएकाले र सार्क देशका बंगलादेश९५९० बाहेक सबै देशका कर्मचारीको उमेर हद ६० रहेकोले समान बनाउन सुझाव दिएको थियो ।

प्रकाशित मिति: Nov 14, 2019

प्रतिक्रिया दिनुहोस्