Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव : प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छोडेर अघि बढ्नुस्

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीसँग बरिष्ठ नेता माधव कुमार नेपालले प्याकेजमै सहमति खोजेका छन् ।

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर ओलीले नेता नेपालसँग पार्टी र सरकार दुवै प्रभावकारी रुपमा सञ्चालन गर्नेबारे सहयोग मागेका थिए । स्रोतकाअनुसार नेता नेपालले भने ओलीसँग प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छोडेर अघि बढ्न सुझाव दिएका थिए ।

पछिल्लो समय नेकपाभित्र एक व्यक्ति, एक मुख्य पदको अवधारणामा जानुपर्नेबारे छलफल भएको छ । सोहीअनुसार नेता नेपालले पनि ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छोड्नुपर्ने अडान राखेका थिए । तर, ओलीले भने यसबारेमा कुनै प्रतिक्रिया नदिएको स्रोतको दाबी छ ।

अर्का अध्यक्ष पुष्ष्पकमल दाहालले पनि ओलीले सरकारको नेतृत्व गर्नुपर्ने र पार्टीको नेतृत्व आफूलाई दिनुपर्ने माग गर्दै आएका छन् । नेता नेपालले पार्टीको नेतृत्व आफू वा दाहालमध्ये एक जसलाई दिएपनि हुने खुल्ला प्रस्ताव राखेका थिए ।

उनीहरुबीच करिब चार घण्टा लामो छलफल तथा वार्ता भएको थियो । उक्त छलफलमा समसामयिक राजनीतिक विषयदेखि भारतसँगको सीमा विवादबारे पनि कुराकानी भएको थियो ।

प्रकाशित मिति: Nov 14, 2019

प्रतिक्रिया दिनुहोस्