Logo
१३ बैशाख २०८१, बिहीबार
(November 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति हमिद पोखरामा (फोटोफिचर)


नेपालको औपचारिक सदभावना भ्रमणमा रहनुभएका बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखराको फेवातालमा डुङगा शयर गर्दै ।

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चार दिवसीय भ्रमणअन्तर्गत पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न आफ्नी धर्मपत्नीका साथ काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति हमिद आज पोखरा पुगेका हुन् ।

सो अवसरमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले राष्ट्रपति हमिदको स्वागत गरेका थिए ।

सोही अवसरमा राष्ट्रपति हमिदसमक्ष पञ्चकन्याद्वारा पूmल अर्पन गर्नुका साथै पञ्चेबाजाको धुनबाट भव्य स्वागत गरिएको छ । विमानस्थलबाट राष्ट्रपति हमिद आरामका लागि फिस्टेल होटल पुगेका छन् ।

बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई बिहीबार पोखरा विमानस्थलमा स्वागतका लागि बसेका पञ्चकन्या ।
राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई बिहीबार पोखरा विमानस्थलमा पञ्चकन्याद्वारा स्वागत गरिँदै ।

 


बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाल भ्रमणमा रहनुभएका भ्रमण दलका सदस्यहरु बिहीबार पोखराको फेवातालमा डुङगा शयर गर्दै ।


राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखराको फेवातालमा डुङगा शयर गर्दै ।

प्रकाशित मिति: Nov 14, 2019

प्रतिक्रिया दिनुहोस्